news and more entertainment

म जे बोल्छु पु-याएरै छाड्छु : वितरक करन क्रेजी

रोनिम कार्की, काठमाडौँ, २० जेठ ।
चलचित्र मिस नेपालको ५ दिनको अपार सफलता पछि आज देखि उपत्यका बाहिरको ५० वटा चलचित्र गृहहरुमा प्रर्दशन हुने भएको छ । जेष्ठ १६ गते राजधानी बाहिरका ४० वटा हलहरुमा प्रर्दशनमा आइरहेकोमा आज देखि १० वटा हलमा थप गरिएको छ । प्रत्येक दिन ब्यापार बढउँदै गइरहेको चलचित्रको अन्य हलहरुमा समेत माग आइरहेको चलचित्रका वितरक करन क्रेजीले बताउनु भएको छ । यस अघि जेष्ठ ५ गते नै अल नेपाल रिलिजको तयारी गरिरहेका वितरक क्रेजीले चलचित्र प्रर्दशन गर्न सकिरहेका थिएनन् । पटक पटकको प्रर्दशन रोकींदा निमात्री शुभेच्छा र वितरक करन बिच दोहरी नै चलेको थियो । अन्ततः “मिस नेपाल चलचित्र चलाउने मेरो जिम्मवारी हो म जसरी पनि चलचित्र चलाउने मात्र होइन राम्रो आम्दानी नै गरेर देखाउँछु” भन्ने आश्वासन पछि निमात्री शुभेच्छा ढूक्क भएकी थिइन । पोखरा, धरान, विराट नगरमा औसत भन्दा राम्रो आम्दानी गर्दै आइरहेको चलचित्रले आज पाचौं दिन सम्मको प्रर्दशनमा राम्रो पिक अप लिन सकेकोमा खुशी हुँदै वितरक करन क्रेजी भन्छन “ म जे बोल्छु, पु¥याएरै छाड्छु ।”10342651_495486247248085_1985128883_n
यता निमात्री शुभेच्छा थापा पनि चलचित्रले राम्रो ब्यापार गर्न सकेकोमा फुरुङ्ग भइरहेको विभिन्न मिडियाहरुमा समाचार आइरहेको छ । मिस नेपाल चलचित्र नेपालमा हुँदै आइरहेको प्रतियोगिता “मिस नेपाल” बन्नको लागि एउटी महिलाले कति सम्मको समर्पण गर्नु पर्ने हुन्छ भन्ने कथावस्तु सहित यस भित्र हुने गरेको शोषणको चरम अवस्थाको समेत जीवन्त चित्रण गरिएको छ । यी नै विषयवस्तुहरुका कारण मिस नेपाल प्रतियोगितको आधिकारिक आयोजक संस्था हेडन ट्रेजरले रोक लगाउन अनेकन दवाब दिँदै आइरहेको थियो । उसले मिस नेपाल शब्द नै आफ्नो ब्राण्ड भएकाले चलचित्र प्रर्दशन गर्नु अघि आफ्नो संस्थाका पदाधिकारीहरुलाई देखाउनु पर्ने र टाइटलका लागि रोयल्टि समेत दिनु पर्ने भन्दै निमात्री शुभेच्छा थापालाई अनेकन तनाव दिदँ आइरहेको थियो ।
वास्तविक मिस नेपाल त आफ्नो सत्कर्म बाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने सन्देशका कारण रिलिज पूर्व नै जोशी सेवा समाज काठमाण्डौंले चलचित्रलाई सम्मान योग्य भन्दै निर्मात्री शुभेच्छा थापा र निर्देशक सुरेन्द्र तुलाधरलाई सम्मान समेत गरिएको थियो ।
जेष्ठ २३ गतेबाट राजधानीको विश्वज्योती लगायतका चलचित्र गृहहरुमा समेत प्रर्दशनको लागि तयारी भइरहेको चलचित्रका कलाकारहरुमा क्षितिजा शाक्य, कल्याण घिमिरे, सुरज सिंजापति, सविन श्रेष्ठ, रश्मि भट्ट लगायतका रहेका छन । साइमन राजवंशीको नृत्य निर्देशन रहेको चलचित्रको क्यामेरा म्यान दिब्य सुवेदी रहेका छन । निर्देशक तुलाधरले चलचित्रको सवल रुपमा प्रस्तुती गरेका छन ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget