news and more entertainment

राजेश हमालले विहे गरेपछि दीपाश्री अप्ठयारोमा

२० जेठ, काठमाडौं ।
नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले केही दिन अघि विवाह गरे । ‘बिहे कहिले गर्ने ?’ भन्ने प्रश्नको जवाफ दिँदा दिँदा दिक्क मानेका हमालले सँधैका लागि सो प्रश्नको जवाफ खोजेका हुन् । यद्यपी, राजेश हमालको बिहेको चर्चा अझै पनि सेलाएको छैन । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म राजेशले वहे गरेको चर्चा जारी नै छ । उनको इन्गेजमेन्टदेखि सुहागरात मनाउने कोठासम्ममा तस्विर सञ्चार माध्यममा छ्याप छ्याप्ती बने ।
जे होस राजेशको विवाहको कुरा त अव पुरानो भैसक्यो । तर, राजेश दाइको बिहेले गर्दा नायिका दीपाश्री निरौला भने अप्ठयारोमा परेकी छिन् ।
Deepa Shree Niraula 1
यदि तपाइँले राजेश हमालको दीपासँग चक्कर त थिएन भनेर अनुमान गर्दै हुनुहुन्छ भने तपाइँ गलत हुनु हुन्छ । अथवा दीपाश्रीले राजेशलाई मन पराउनथिन् कि ? अथवा राजेशले उनलाई धोका दिए ? त्यो पनि होइन ।
खासमा कुरा के भने ५० वर्ष पार गरिसकेका राजेश हमाल अविवाहित रहँदा नेपाली चलचित्र क्षेत्रका अन्य अविवाहित कलाकारको चर्चा कम हुन्थ्यो । तर राजेशको विवाह भएपछि मसला खोजिरहने नेपाली सिनेकलाकारले राजेशलाई सोध्ने प्रश्न दीपा श्री जस्तै पाको उमेर भैसक्दा पनि अविवाहित रहेका दीपा जस्ता कलाकारलाई सोध्न थालेका छन् । 
दीपा श्री पनि पाको उमेर सम्म विवाह नगरेका मिथिला शर्मा, कोमल वलीको लाइनमा गनिन थालेकी छिन् ।
उनीहरु मध्ये पनि मिथिला शर्मा छिट्टै नै विवाह बन्धनमा बाधिदैछिन् । कोमल वलीको भने बिहेको कुनै चाजोपाजो छैन । तर, आफू पनि दुई वर्षभित्र विवाहित भैसक्ने बताउँछिन् दीपा ।
Deepa Shree Niraula 2
राजेश हमाललाई जस्तै दीपाश्रीलाई पनि विवाह कहिले गर्ने भन्ने प्रश्नको ओइरो लाग्ने गरेको छ । अझ राजेशको विवाह भइसकेपछि त उनलाई यो प्रश्नले हैरान नै बनाएको छ । ‘राजेश दाईले बिहे गरेका छैनन्, मैले मात्रै किन हतार गर्नु पर्यो भनेर पहिले म पन्छिने गर्थें’, दीपाश्रीले भनिन्, ‘अहिले त्यो दबाब झनै बढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget