(एजेन्सी)– मेहेनतभन्दा ठूलो मानिसका लागि कुनै पनि धर्म हुँदैन । कुनै समय आइसक्रिम पार्लरमा काम गरेका अमेरिकी राष्ट्रपती बाराक ओबामा र मिसेल ओबामाले यो वाक्यलाई शिरोपर गर्दै फेरि एकपटक संसारको अगाडि एक उदाहरणको रुपमा उभिएका छन् ।
ओबामाले आफ्ना दुबै छोरीहरुः शासा र मालियालाई न्यूनतम पारिश्रमिकमा काम गर्न सल्लाह दिएका छन् । विशेषाधिकार प्राप्त आफ्ना दुबै छोरीहरुका लागि मिसेल ओबामा सुख सुविधाभन्दा टाढाको थोरै पारिश्रमिक भएको र उनीहरुको क्षमतालाई निखार्ने जागिरको खोजी गरिरहेकी छिन् ।
एक अन्तर्वाताको क्रममा मिसेल ओबामाले यो विषयमा कुरा गर्दै हरेक सन्तानले कडा परिश्रमको स्वाद चाख्न जरुरी भएको बताइन् ।
राष्ट्रपति ओबामा पनि आफ्ना छोरीहरु बाहिर गएर काम गरुन् र साधारण मानिसहरुले जस्तै पैसाको महत्वको बारेमा जानून् भन्ने इच्छा प्रकट गरे । आफ्ना छोरीहरु बाहिर गएर काम गर्न र आफैले कमाएको पैसाको महत्व थाहा पाउनका लागि ओबामा दम्पत्तिले सहि अवसर खोजिरहेको बताए ।
मुखमा चाँदीको चम्चा लिएर जन्म लिएका र लाइम लाइटमा रहेको मानिसहरुका लागि यो एक राम्रो पाठ साबित भएको छ ।
Post a Comment