मिडियाकर्मीको न्यून उपस्थितीमा निक्कै फितलो तरिकाले चलचित्र गोरेको शुभसाइत आज गरिएको छ । भद्रकाली मन्दिरमा चलचित्रका कलाकारदेखि प्राविधिकहरुले क्यामेरा पुजा गरे ।
चलचित्रमा नायिका अनु शाह र नायक दीलिप रायमाझीको मुख्य भूमिका छ । आजैबाट सिनेमाको छायांकन सुरु गरिएको छ । रमेश कुमार राइको निर्देशनमा बन्न लागेको यो सिनेमालाई सूर्य जीसीले निर्माण गर्दैछन् ।
नेपाली सिनेमाको पर्दामा लामो समयदेखि नायक दीलिप रायमाझी हराए जस्तै छन् । चलचित्र ‘मिस यू’ असफल भएपछि दीलिपलाई सिने नगरीमा अगाडि बढ्न गाह्रो भएको हो । यसैले पनि राम्रो बनेको खण्डमा दीलिपमा लागि यो चलचित्र फाइदाजनक हुनसक्छ ।
यता नायिका अनु शाहले पनि आजसम्म सफल सिनेमा पाएकी छैनन् । उसो त उनी चलचित्र भन्दा पनि म्यूजिक भिडियोमा नै बढी व्यस्त छिन् । तर ‘एउटा साथी’ पछि उनको हातमा अर्को चलचित्र आएको देखिन्छ ।
Post a Comment