news and more entertainment

हिरोइन साथी नभएकी सोनाक्षी, बर्थडेमा आफैलाई ट्याटु उपहार

 
sonaxi-tato
बलिउड नायिका सोनाक्षी सिन्हाले आफ्नो कोही पनि साथी नभएको बताएकी छिन् । बलिउडमा आफ्नो कोही पनि नायिकाहरु साथी नभएको भनाई उनको छ । आफूले आजसम्म सबै फिल्ममा अन्य नायिकाहरुसँग काम नगरेको भन्दै सिन्हाले बलिउड सुन्दरीहरुलाई साथी बनाउन नसकेको बताएकी हुन् ।
उनले अन्य नायिकासँग अवार्ड कार्यक्रममा मात्र आफ्नो भेट हुने बताएकी छिन् । यसैले पनि उनीहरुसँग आफ्नो घुलमिल हुन नसकेको सोनाक्षीले स्विकार गरेकी छिन् । यसैबिच सोमबार मात्र आफ्नो २७ औं जन्मदिन मनाएकी सोनाक्षीले आफैलाई एक उपहार दिएकी छिन् । उनले आफूलाई ट्याटु गिफ्ट दिएको ट्विटर मार्फत जनाएकी छिन् ।
आफ्नो घाटीमा सोनाक्षीले तारा आकारको ट्याटु बनाएकी छिन् । सोनाक्षीले अभिनय गरेको चलचित्र ‘होलिडे’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget