news and more entertainment

आदिवासी फिल्म फेस्टिभलमा विश्वका सिनेमा

 
indijenios-film-festrival
आठौ नेपाल अन्तरराष्ट्रिय आदिबासी चलचित्र महोत्सब-२०७१’ जेठ २९ गतेदेखि ३१ सम्म काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले यो महोत्सब आयोजना गर्दै आएको छ ।
यस पटक महोत्सबमा आदिबासी जनजाति सम्बन्धी विश्वका सबै विषयबस्तुको चलचित्र, छोटा चलचित्र, बृत्तचित्र, एनिमेसन चलचित्र एवं म्यूजिक भिडियोलाई खुला गरिएको थियो । जस अन्तर्गत यसपटक अन्तराष्ट्रिय मुलुकबाट २७ देशका १०३ ओटा सिनेमाहरु प्राप्त भएको आयोजकले जनाएको छ ।
विभिन्न देशबाट सिनेमा मध्येबाट १८ देशका ३६ वटा छोटा र लामा सिनेमा यो महोत्सबका लागि चयन गरिएको छ । यस पटकको महोत्सब ‘अन्तरराष्ट्रिय सिनेमा’ अन्तर्गत ल्याटिन अमेरिकी सिनेमामा केन्दि्रत हुनेछ । महोत्सबमा ल्याटिन अमेरिकाको ७ देशका १५ वटा सिनेमा प्रदर्शन हुने बताइएको छ ।
‘आठौं नेपाल अन्तरराष्ट्रिय आदिबासी चलचित्र महोत्सब-२०७१’ का लागि नेपालका तामाङ, लिम्बु, मगर, थारु, राई, गुरुङ र थकाली गरी सात जनजातिका १२ ओटा छोटा-लामा चलचित्र, बृत्तचित्र एवं म्युजिक भिडियो चयन भएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget