नयाँ
दिल्ली (एजेन्सी)– लैंगिक समानताको जति कुरा गरे पनि आजको समाजमा छोरा र
छोरीबिच विभेद कायमै छ । छोरा छोरी दुई आँखाका नानी भन्ने कुरालाई
मानिसहरुले व्यवहारमा उतार्न सकेका छैन । अझै पनि मानिसहरु छोरा जन्मदाँ
खुसी हुने र छोरी जन्मदाँ जन्मेको छोरीलाई र जन्माउने आमा दुबैलाई घृणा
गर्ने गर्दछन् । यस्तै घटना भएको छ भारतमा । छोरी जन्माएका कारण एक महिलाले
बाँचुञ्जेल चरम यातना सहनु परेको र अन्त्यमा आफ्नो ज्यान गुमाउनु परेको छ ।
मार्ने व्यक्ति एक शिक्षित र उच्च ओहदामा रहेका छन् । ३० वर्षका व्यापारी
अजित कुमारले शनिबार आफ्नी २७ वर्षीया श्रीमती र तीन वर्षकी नाबालक छोरीको
हत्या गरेका छन् ।
पुलिसका अनुसार अजित आफ्नी श्रीमतीसँग छोरी जन्माएका कारण रिसाएका थिए र
सानो सानो कुरामा उनीसँग रिसाउने गर्दथे । पुलिस भन्छन्, ‘शालिनी र अजितको
विवाह सन् २०१० मा भएको थियो । विवाह लगत्तै उनीहरुको सम्बन्ध तनावपूर्ण
रहेको थियो । सन् २०१२ मा उनीहरुले अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन
दिएका थिए । अदालतले उनीहरुलाई आफ्नो मतभेद मिलाउन एक वर्षको समय दिएको
थियो । ’ उत्तर दिल्लीको केवल पार्क एरियामा आदर्श नगरसँगै रहेको आफ्नो
घरमा अजितले शालिनीको घाँटी थिचेर हत्या गरे र मृत शरिरलाई दोस्रो तल्लाबाट
फ्याँके त्यसपछि उनले आफ्नी तीन वर्षकी छोरीको पनि घाँटी थिचेर हत्या गरे ।
जब पुलिस घटनास्थलमा पुगे तब अजित छोरीको लासलाई अँगालो हालेर आफ्नो पसलको
सिढिँमा बसेका थिए ।
सिनियर पुलिस अफिसरका अनुसार आदर्श नगर पुलिस स्टेसनमा घटना भएको करिब २०
मिनेटभित्र दुईवटा फोन आयो । पहिलो फोन छिमेकीको थियो भने दास्रो फोन स्वयं
अजितको थियो जसमा उनल छोरीको हत्याको कुरा बताएका थिए । पुलिस घटनास्थलमा
पुग्दा शालिनीको लास सडकमा थियो भने छोरीको लासलाई अजितले अंगालोमा लिएका
थिए । सोधपुछको प्रारम्भिक चरणमा अजितले उनकी श्रीमतीले छोरीको हत्या गरेर
आत्महत्या गरेको बताए तर पछि उनले आफूले नै श्रीमती र छोरीको हत्या गरेको
स्विकार गरे । पुलिसले अजित कुमारकी आमा राजवती र भाइ अमितलाई दाइजो
उत्पीडनको मामलामा पक्राउ गरेको छ । शालिनी विवाहलगत्तै श्रीमान र देवरबाट
प्रताडित हुने गरेको पुलिसले बताएको छ । छोरीलाई जन्म दिएपछि झन् उनको
यातना भयानक भयो । अजितका परिवार शालिनीले पर्याप्त दाइजो नल्याएका कारण
रिसाएका थिए
Post a Comment