काठमाडौं,असार८–उपत्यकामा केहीसातायता दिनहुँजसो पेस्तोल बरामद हुन थालेका
छन् ।पेस्तोल देखाएरै लुटपाट, डकैती, अपहरण र अन्य अपराध हुने क्रम बढेका
छन् । कमजोर सूचना संयन्त्र र भारतसँग खुला सिमानाका कारण देशमा साना
हतियारको कारोबार बढेपनि नियन्त्रण गर्न प्रहरी असफल हुँदै गएको छ ।
मोरङ घर भएका विश्वास पौडेल पेस्तोल देखाएर चाबहिल क्षेत्रका व्यवसायी
धम्क्याउँदै असुल गर्ने कार्यमा सम्लग्न रहँदै आएका थिए । त्यही सूचनाको
आधारमा प्रहरीले उनको पिछा गरी शनिबार पक्राउ गर्यो । उनी पेसेबर रुपमा नै
आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
कवाड पसलमा काम गर्ने भारतीय नागरिक अशोक पाण्डे पेस्तोल विक्रीको तयारी
थिए । भारतमा पाँच दश हजार रुपैयाँमा पाइने कटुवा पेस्तोल लुकाएर काठमाडौं
ल्याई २५–३० हजारमा बेच्न उनी ग्राहक खोजिरहेका थिए ।
भाडाको गाडी लिएर घुम्न हिँडेका गोपाल घलान र सविनराज धामी भक्तपुरको
जगातीमालोडेड पेस्तालसहित पत्राउ परेपछि प्रहरी झस्कियो । प्रहरीका अनुसार
आपराधि उद्देश्यलेनै उनीहरु त्यसरी लोडेड पेस्तोल लिएर निस्केका थिए ।
प्रहरीले उनीहरुको साथबाट १८ राउन्ड गोलीसमेत प्रहरीले बरामद गरेको थियो ।
आफुहरु धुलिखेल जान लागेको र नचिनेको मान्छेले पेस्तोल भएको झोला दिएको
बयान दिएर उनीहरु उम्कन लागेका थिए । अन्य चार युवा दुई वटा मोटरसाइकलमा
सँगै धुलिखेल जान लागेको अनुसन्धानमा खुलेको थियो ।
पछिल्ला दिनमा काठमाडौंमा साना हतियारको विगविगी बढेपछि प्रहरीले यसलाई
चुनौतीका रुपमा लिएको छ । प्रहरीले बेलाबेला सत्रिलयता देखाए पनि गिरोहसम्म
पुग्न सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Post a Comment