news and more entertainment

भ्रुण छोरीको अवैध गर्भपतन गराउँदा महिला गम्भीर

धरान - अवैध रुपमा गर्भपतन गराउँदा सिरहाको कछतवा गाविसकी एक महिलाको स्वास्थ्य गम्भीर बनेको छ । स्थानीय स्वास्थ्य संस्थामा लिंग पहिचान गरी छोरीको भ्रुण हत्या गर्ने क्रममा २५ बर्षिया बवितादेवी दासको स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।

सिरहामै २१ हप्ताको गर्भपतन गराउदा उनको अवस्था गम्भीर बनेपछि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ । तीन सन्तानकी आमा बबिताले सिरहाकै फ्रेन्डस् मोडल हस्पिटलमा गर्भपतन गराउँदा पाठेघर र आन्द्रामा प्वाल परेको उनका आफन्तहरुले बताए । पाठेघरमा प्वाल परेपछि हस्पिटलका चिकित्सकले पाठेघरै निकालेर फ्याँकेका थिए । उनको अवस्था झन गम्भीर बनेपछि बुधबार साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको हो । प्रतिष्ठानमा पनि गम्भीर अवस्थामा उनको उपचार भईरहेको प्रसुति विभागका एसोसिएट प्रोफेसर डा.मोहनचन्द्र रेग्मीले बताए । कानुनले लिंग पहिचान गरेर गर्भपतन गराउन बन्देज गरेको छ । लिंगपहिचान गर्नेलाई समेत कानुनी कारबाहीको व्यवस्था छ । गर्भपतन गराउनका लागि सुचिकृत स्वास्थ्य संस्थाहरुले पनि १२ हप्तासम्मको गर्भमात्र पतन गराउन पाउँछन् भने विशेष अवस्थामा विशेष स्वास्थ्य केन्द्रमा मात्र १८ हप्ताभन्दा माथिको गर्भपतन गराउन पाईन्छ । आमाको स्वास्थ्य अवस्था जटिल भएको अवस्था र जन्मेर पनि बच्चा बाँच्न नसक्ने अवस्थामा मात्र १८ हप्तामाथिको गर्भपतन गराउन पाईन्छ । पूर्वमा त्यस्तो विशेष अवस्थाको गर्भपतन गराउन पाउने अस्पताल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दमकस्थित आम्दा हस्पिटल मात्र हुन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget