news and more entertainment

अन्धाधुन्ध गोली प्रहार गरी ४८ को हत्या

२ असार, मोम्बासा ।
केन्याको एक सामुद्रिक तटीय सहरमा आइतबार राति विद्रोहीले गरेको आक्रमणका क्रममा कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ ।
गएराति अल सेबाब नामको सोमालियाली सशस्त्र विद्रोही समूहले सो आक्रमण गरेको थियो । उनीहरुले केन्यामा प्रवेश गरी सो हमला गरेको बताइएको छ ।
सोमबार केन्याली अधिकारीहरुले दिएको जानकारीअनुसार ती विद्रोहीहरुले त्यहाँका होटल, रेस्टुरेन्ट एवम् सरकारी कार्यालयहरुमा गोली प्रहार गरेका थिए ।

केन्याको एम्पेकेटोनी सहरमा विद्रोहीले हमला गरेका हुन् । रातको समयमा उनीहरुले अकस्मात गोली प्रहार गरेका र रातभरको सो आतङ्कबाट कम्तीमा पनि ३४ जनाको ज्यान गएको बताइएको छ ।
एम्पेकेटोनी नामको सो सहरका एकजना जिल्ला उपप्रमुख कमिसनर माइसोरीले दिएको जानकारी अनुसार रातको समयमा दर्जनौँको सङ्ख्यामा आएका उनीहरुले हतियारले सो हमला गरेका हुन् ।
उनीहरुले केही व्यक्तिका निजी घर, सरकारी कार्यालय, बैंक, होटल र रेस्टुरेन्ट भवनहरुमा आगजनी र हमला गरेका थिए । सो हमलामा परी अरु कयौँ व्यक्ति घाइते पनि भएका छन् ।
ती उपप्रमुख जिल्ला अधिकारीले सो हमलामा कम्तीमा पनि ५० जना हतियारधारी रहेका र अल सेबाबको झण्डा पनि बोकेका थिए । उनीहरु मोटरसाइकलमा आएका बताइएको छ ।
उनीहरुले मेसिन गन लगायतका अत्याधुनिक हतियारले आक्रमण गरेका थिए । त्यस क्रममा उनीहरुले अल सेबाबको पक्षमा नाराबाजी पनि गरेका थिए । उनीहरुले अल्लाह अकबार भन्दै गोली प्रहार गरेका बताइएको छ ।
आइताबार रातिदेखि सोमबार बिहानसम्म नै उनीहरुले सो सहरलाई लगभग कब्जामा नै लिएर अन्धाधुन्ध गोली प्रहार गरेका बताइएको छ ।
सो सहरका एकजना प्रहरी अधिकारीले सो आक्रमणबाट मारिएका अरुपनि कयौँ शव फेला परेका छन् र अहिलेसम्ममा ३४ जनाको शव भेटिएको जानकारी दिएका छन् ।
सो आमहत्याको अनुसन्धान जारी रहेको र ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी आक्रमणकारीको खोजी जारी राखिएको पनि समाचारमा जनाइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget