news and more entertainment

अपहृत बालक एक घन्टामै मुक्त



काठमाडौ: सामखुसीबाट मोटरसाकलमा राखी अपहरण गरिएको पाँच वर्षीय बालकलाई प्रहरीले एक घन्टामै अपहरणमुक्त गरेको छ। आइतबार अपरान्ह पौने तीन बजे सामाखुसीमा खेल्दै गरेका पाँच वर्षीय सिद्धान्त बजाजलाईलाई अपहरणकारीले हलचोकसम्म मोटरसाइकलमा हालेर अपरहण गरेका थिए। प्रहरीको चेक पाइन्ट छल्‍न अपहरणकारीले हल चोकमा मोटरसाइकल छाडी बच्‍चालाई माइक्रोबसमा राखेर कलंकी तर्फ जादै गर्दा प्रहरीले विशेष सूचनाका आधारमा साढे तीन बजे अपहरणकारीसहित बालकलाई रेस्क्‍यु गरेको जानकारी महानगरीय प्रहरी वृत स्वयम्भूका प्रमुख डिएसपी पदमबहादुर विष्टले दिए। थप अपहरणकारीको खोज्‍ने क्रममा प्रहरीले तीन जना व्यक्तिलाई गाँजा र ३ लाख नगदसहित पक्राउ गरेको डिएसपी विष्टले बताए। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget