news and more entertainment

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

(एजेन्सी)–गर्मी अत्यधिक छ । गर्मीको सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । घामको किरणले छालालाई केहि असर नगरोस् भन्नका लागि तपाईंले पनि यसको हेरचाह र स्याहार सुसारमा निकै ख्याल राख्नुपर्ने हुन्छ । गर्मीमा छालाको हेरचाह गर्ने तरिका हामी तपाईंलाई बताउँदै छौँ ।
१. घरबाट बाहिर जानुपूर्व आफूलाई हाइड्रेट राख्नुहोस् । धेरै मात्रामा पानी र जुस पिउनुहोस् ।
२. बाहिर धेरै गर्मी भएका कारण तपाईंको लोसन परिनासँगै बगेर जान्छ त्यसकारण घाममा जानुभन्दा आधा घण्टा पहिला सनस्क्रिन लगाउनु राम्रो मानिन्छ ।skincare
३. सनस्क्रिन लोसनभन्दा अलिकति मात्र धेरै लगाउनुहोस् ।
४. घरबाट बाहिर निस्कदाँ क्याप लगाएर निस्कनु होला र हातहरुलाई सुतीको कपडाले ढाक्नुहोस् ।
५. घाममा जाँदा सकेसम्म छायाँमा उभिनुहोस् । कहिँ गएर उभिनुपर्दा छायाँ भएको ठाउँमा नै उभिनुहोस् ।
६. यदि तपाईं धेरैबेरसम्म बाहिर हुनुहुन्छ भने तीन घण्टाको अन्तरालमा आफ्नो सनस्क्रिन लोसन लगाउनुहोस् ।
७. दिनभरी घाममा हिँडेर घर फर्केपछि आफ्नो अनुहारलाई राम्रोसँग धुनुहोस् र फेरि सनस्क्रिन लगाउनुहोस् ।
८. हाइ केमिकल भएको साबुन कहिल्यै प्रयोग नगर्नुहोस् ।
९. यदि तपाईंसँग सनस्क्रिन छैन भने कुनै पनि प्रकारको लोसन प्रयोग गर्न सक्नुहुनेछ ।
१०. एन्टिबायोटिक अथवा गर्भनिरोधक औषधीले गर्दा तपाईंको छाला गर्मीमा अझ धेरै संवेदनशील हुन्छ । यहि तपाईं यस्तो औषधीको सेवन गरिरहनु भएको छ भने सनस्क्रिन लोसनको प्रयोग अवश्य पनि गर्नुहोला ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget