news and more entertainment

बलात्कार र बहुविवाहको आरोपमा पक्राउ

इलाम: सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दानाबारीका २५ वर्षीय विमल राईलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ १४ गते बालिकालाई बलात्कार गरेको आरोपमा विमलविरूद्ध पीडित बालिकाकी आमाले आइतबार जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताउनुभयो । 
यसैगरी, इलाम साँखेजुङ–८ निवासी २१ वर्षीया सविना गुरुङले आफ्नै पति २० वर्षीय अनुप गुरुङविरुद्ध बहुविवाहको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । 
अनुपले झापा जलथल गाविस–९ की १९ वर्षीया सपना लिम्बूसँग छ महिनाअघि विवाह गरेको र आफूले भर्खरै मात्र थाहा पाएको भन्दै सविनाले पतिमाथि कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । उजुरी परेलगत्तै अनुप र सपना दुवैलाई प्रहरीले पक्राउ गरेको छ । -रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget