(एजेन्सी)– बलिउडका चर्चित अभिनेता आमिर खानले सोमबार भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री कार्यालयले यो कुराको
जानकारी दिँदै उक्त भेटलाई ‘शिष्टाचार बैठक’ बताएको छ ।
प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा मोदी र आमिरले एक आपसमा हात मिलाएको तस्बिर सार्वजनिक गरिएको छ ।
मोदीसँगको भेटपछि आमिर खानले पनि ट्विटरमा आफ्नो र मोदीको तस्बिर राख्दै उनले मोदीसँग आफ्नो टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ को बारेमा छलफल गरेको जानकारी दिए ।
आमिरले मोदीलाई आफ्नो कार्यक्रम ‘सत्यमेव जयते’ को डीभिडी भेट गरेको बताइएको छ । देशका अरु साधारण मानिसहरु झैँ आफूलाई पनि मोदीसँग निकै आशा लागेको कुरा उनले मोदीलाई बताएको बुझिन्छ । आमिरले जनताको आशालाई पूरा गर्न मोदीले सहयोग गर्नुपर्ने आग्रहसमेत गरेका छन् ।
Post a Comment