news and more entertainment

९ वर्षीया बालिकाको अनौठो बिश्व रेकर्ड

घरमा कम्प्युटर वा ल्यापटप बिग्रिहालेमा हतपत्त कसैले त्यसलाई खोलीहाल्ने आँट गर्दैन । त्यसभित्रका पाटपुर्जा कहाँ के छन् र कसरी काम गर्छन् भनेर बुझ्नु साधारण मानिसलाई निकै गाह्रो काम हो ।
तर भारतमा एक ९ वर्षीया बालिकाले १० मिनेटभित्रै ल्याप्टपका सबै पाटपुर्जा खोलिदिएर रेकर्ड राखेकी छिन् । आदर्शिनी नाम गरेकी यी बालिका तामिलनाडुकी हुन् । उनले पहिलो पटक आफ्नो बुबाको कम्प्युटर शो रुममा ल्यापटपका पाटपुर्जा कसरी खोल्ने भन्ने कुरा देखेकी थिइन् र उनले त्यहीँ नै यसबारे सिकेकी थिइन् ।

हाइटेक ग्याजेटप्रति उनको रुचि देखेर उनका बुबाले ल्यापटपका पाटपुर्जा राम्ररी बुझ्नका लागि प्रशिक्षक नै राखिदिएका आदर्शिनीले बताइन् । भियतनामको वल्र्ड रिकर्डस् युनिभर्सिटिले उनलाई डक्टरेटको उपाधिसमेत दिएको छ । उनले अरु धेरै प्रतियोगितामा धेरै पदकहरुसमेत हात पारेकी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget