news and more entertainment

सुर्खेतमा माइक्रोबस दुर्घटना, ४ जनाको मृत्यु

  सुर्खेतमा मंगलबार दिउँसो माइक्रोबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

छिन्चु ७ स्थित पाँडुलेमा वा २ ख ६१९२ नम्बरको माइक्रोबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।  २ जनाको घटनास्थल र  २ जनाको उपचारको क्रममा क्षेत्रिय अस्पताल सुर्खेतमा ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।
सुर्खेतको बाटेचौरबाट वीरेन्द्रनगरतर्फ आउँदै माइक्रो सडकबाट  डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको सुर्खेत अस्पताल र मायादेवी नर्सिङ अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसका चालक पनि घाइते भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget