news and more entertainment

मालिकलाई आइ लभ यु भन्दै प्रार्थना गर्न लगाउने कम्पनी विरुद्ध मुद्दा

 कम्पनी पनि कस्ता कस्ता हँ ? कसैले कर्मचारीलाई बढि काम लगाएर दाम नदिने गरेको सुनिन्छ । तर कतिपय कम्पनी भने यस्ता रहेछन् जसले सबै कामदारलाई मालिकप्रति नतमस्तक भएर आइ लभ यु भन्न बाध्य पार्दा रहेछन् ।

अमेरिकाको न्युयोर्कमा कामदारलाई यस्तै भन्न बाध्य पार्ने एक सेवा प्रदायक कम्पनी विरुद्ध सरकारी निकायले मुद्दा हालेको छ ।

समाचार अनुसार उक्त कम्पनीले आफ्ना कामदारलाई हरेक दिन प्रार्थना गर्न लगाउने, जागिरको लागि भगवानलाई धन्यवाद दिन लगाउने र मालिक तथा सहकर्मीआइ लभ यु भन्न लगाउने रहेछ ।
युनाइटेड हेल्थ प्रोग्राम अफ अमेरिका तथा उसको माृत संसथा कस्ट कन्टेनमेन्ट ग्रुपमाथि यस्तो अभियोगमा मुद्दा दायर भएको छ । कम्पनीविरुद्ध कामदारको नागरिक तथा धार्मिक अधिकार हनन गरेको आरोप लागेको छ ।

कामदारलाई आत्मिक विश्वास प्रणाली अर्थात् अनियन हेडमा आबद्ध गर्ने उक्त कम्पनीले यस्तो प्रणालीमा आबद्ध हुन अस्विकार गर्ने धेरै कामदारलाई जागिरबाट निकालेको बताइएको छ । कम्पनीको यस्तो नियम मालिककी काकीले प्रतिपादन गरेकी उजुरीकर्ताले दाबी गरेका छन् । उक्त कार्यालयमा ठूलो संख्यामा बुद्धका मूर्ति राखिएको र हरेक धर्मका कामदारलाई बुद्धका मूर्तिसामु प्रार्थना गर्न बाध्य पार्ने गरिएको बताइएको छ ।
सन् २०१० मा एक क्याथोलिक महिला कर्मचारीले यस्तो आत्मिक प्रार्थना गर्न अस्विकार गर्दा उनीमाथि अनुशासनको कारवाही गरिएको थियो र पछि उनलाई कार्यालय बाट निकालिएको थियो ।

ज्ागिरबाट निकालिएका तथा जागिरमै रहेका असन्तुष्ट कर्मचारीको उजुरीको आधारमा सरकारी निकायले दायर गरेको मुद्दामा बर्खास्त गरिएका कर्मचारीलाई क्षतिपूर्ति तथा पुनस्र्थापनाका साथै यस्तो बाध्यात्मक प्रार्थना तथा आइ लभ यु संस्कारको अन्त्यको मागदाबी गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget