पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई उनका डाक्टरले जोखिम
लिएर विश्वकप फुटबल खेल्दा करियरलाई नै असर गर्न सक्ने चेतावनी दिएका छन् ।
उनी घुँडा र तिख्राको चोटका कारण पीडित छन् । फिट हुन संघर्षरत रोनाल्डोले
अभ्यासका क्रममा घुँडामा आइस प्याक राखेका तस्वीरहरु सार्वजनिक भएको छ ।
पोर्चुगलका सर्जन जोसे कार्लोसले रोनाल्डोलाई भनेका छन्-’तिम्रो घुाडालाई
आराम देऊ । नत्र तिम्रो फुटबल करियर नै खतरामा रहन्छ ।’ जवाफमा रोनाल्डोले
भने खेल्ने वा नखेल्ने निर्णय आफूले गर्ने बताए ।
जर्मनीसँगको खेल अघि रोनाल्डो आफैंले आफू पूर्ण रुपमा फिट भएको घोषणा गरेका
थिए । तर, मैदानमा त्यस्तो देखिएन । खेलमा जर्मनका थोमस मुलरले हृयाट्रिक
गर्दा रोनाल्डोले भने उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।
पहिलो खेलमा जर्मनीसँग ४-० को हारपछि दबावमा रहेको पोर्चुगलले दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ ।
Post a Comment