तस्करको साथ लागेर युरोप हिडेका अफगानी युवकको कथा
मेरो नाम जवाद हो । म अफगानी नागरिक हुँ । मेरो जन्म काबुलमा सन् १९८६ मा भयो ।सन् १९८९ मा मेरा बुवा मुद्जाहिद्दिनलाई अफगानी सरकारबाट धम्की आएपछि घर छाडेर इरान भाग्नुपर्यो । म विद्यालय जान पाइँन, किनकि इरानमा मेरा अभिभावकलाई आवासीय अनुमति थिएन । मेरा बुबाआमाले इरानमा त्यहाँ अरु कसैका कागज प्रयोग गरी मलाई साँझको कक्षामा भर्ना गराउनु भयो, जहाँ मभन्दा पाका विद्यार्थीहरु थिए । मैले त्यहाँ कसरी लेखपढ गर्ने भन्ने कुरा जानेँ ।
साँझको कक्षाको पढाइ सकेपछि मैले इस्लामिक विश्वविद्यालयमा भर्ना हुने चाहना राखेँ । तर, म अफगानी नागरिक भएकै कारण मलाई इरानको विश्वविद्यालयमा भर्ना हुने अनुमति थिएन । जबकि विश्वका अरु जुनसुकै देशका नागरिकले त्यहाँ भर्ना पाउँथे । इरानी सरकार निकै पक्षपातपूर्ण थियो, जसले आफ्नो देशमा अफगानी शरणार्थी आएको मन पराउँदैनथ्यो । त्यसकारण हामीले त्यहाँ कसैबाट कुनै सहयोग पाएनौँ

Post a Comment