news and more entertainment

खुकुरी प्रहारबाट महिला गम्भीर

  धरान ६ की एक महिलाले अर्की महिलालाई कोठामै गएर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी छिन्। 
 
धरान ६ बस्ने ४२ वर्षीया सुमित्रा लिम्बूले धरान ९ बगैचालाइनकी ३२ वर्षीया गंगा कार्कीलाई कोठामै गएर बिहीबार बिहान साढे १० बजे खुकुरी प्रहार गरेकी हुन्।
 
खुकुरी प्रहारबाट उनी सख्त घाइते भएकी छिन्। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारपछि थप उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर मुकुन्दप्रसाद रिजालले बताए। 
 

कोठामै पुगेर खुकुरी प्रहार गर्नु पर्ने कारण हालसम्म नखुलेको इनिस्पेक्टर रिजालले बताए। उनलाई घटनालगत्तै पक्राउ गरी इप्रका धरानमा थप अनुसन्धानको लागि राखिएको छ। खुकुरी प्रहारबाट कार्कीको टाउँको शरीरमा चोट लागेको प्रहरीले बताएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget