news and more entertainment

आफ्नै छोराको यौन व्यवहारका कारण आमाले हत्या गराइन्

एजेन्सी)– जुन आमाले नौँ महिना आफ्नो सन्तानलाई कोखमा राखेर जन्माइन् त्यहि आमाले आफ्नो सन्तानलाई मार्न लगाउन सक्छिन् ? तपाईं कल्पना गर्नसक्नुहुन्न होला तर तपाईंलाई भनौँ कि यस्तै घटना भएको छ ।

दिल्लीको गजियाबादमा एक आमाले आफ्नो छोराको हत्या गर्न लगाइन् । पछिल्लो वर्षको आशिष गर्ग मर्डर केसको खुलासा गर्ने क्रममा पुलिसले उनकी आमा, भाइ र अन्य दुई गोली हान्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ । पुलिसको जानकारीका अनुसार आशिषकी आमा आफ्नो छोराको व्यवहारबाट तनावमा थिइन् त्यसैले उनले आफ्नो छोरा मार्ने योजना बनाइन् । पुलिसले पाएको जानकारीका अनुसार सन् २०१३ को १९ अक्टोबरमा अमरोहको ख्यालीपुर जंगलमा लोनी निवासी आशिष गर्गको लास पाइएको थियो । अज्ञात मानिसहरुले यो घटनाको जानकारी गराएका थिए । छानविन पछि थाहा भयो कि हत्या उनकी आमाले गराएकी थिइन् । पुलिसले आशिषको भाइ अतुल, आमा अनिता र गोली हान्ने व्यक्तिद्वय शकिल र हरिओमलाई पक्राउ गरेको छ । पुलिसले सोधपुछ गर्ने क्रममा आफ्नो अपराध स्विकार्दै आरोपीहरुले आशिष जहिले नशामा भइरहने र अश्लिल व्यवहारमा संलग्न भइरहने बताए । आशिषको यहि व्यवहारबाट दिक्क बनेकी उनकी आमा र भाइले गोली हान्ने व्यक्तिहरुलाई हत्या गर्नका लागि तीस हजार रुपैँया दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget