news and more entertainment

६१ वर्षका बुढाको गुप्तांग पाइपभित्रै अडि्कएपछि…

६१ वर्षका बुढालाई तब लाजमर्नु भयो जब उनी लिंगमा पाइप अडि्कएको अवस्थामा रंगेहात उद्दार गरिए । बुढेसकालमा के मात्तिनुपरेको होला बुढोलाई ? धेरैले यसो भने । तर विचरा ती चिनियाँ वृद्ध लियान ताएन आफ्नो हविगत अरुले नबुझेको र आफुलाई अरुले गलत सम्भिmएकोमा दुखी छन् ।
दुइ दिनसम्म लिंग पाइभित्र अडि्कएपछि इन्तु न चिन्तु बनेका क्विन्झाउ सहरका बासिन्दा लियान आफुले पाइपमा मैथुन गर्दा लिंग अडि्कएको भनेर धेरैले अनुमान लगाएपनि त्यो सत्य नभएको र आफु दुर्घटनाको सिकार भएको दाबी गर्छन् ।

संसारकै सबैभन्दा अनौठो लाग्ने यो घटना र अझ उनको पत्यारै नलाग्ने बयानले जो कोहीलाई आश्चर्यमा पार्छ । गर्मी निकै बढेकोले आफुले निर्वस्त्र भएर घरको भित्तामा रंग लगाउन थालेको बेला चिप्लिएर तल लड्दा भित्तामै एयर कन्डिसनको पानी बाहिर फ्याँक्न राखिएको पाइपमा आफ्नो लिंग छिर्न गई अडि्कएको दाबी उनको छ ।

आफुले जानीजानी पाइपमा लिंग छिराएर वित्यास परेको नभै दुर्घटनावस लिंग अडि्कएको कुरा कसैले पनि पत्याउनेवाला छैनन् भनेर दुइ दिनसम्म ती वृद्धले कसैलाई पनि भनेनन् त्यो कुरा । उनले आफैले पाइपबाट लिंग छुटाउने अथक प्रयास गरे । उनले भित्ताबाट पाइप काटे । अनि लिंगबाहिर रहेको पाइपको टुक्रा निकाल्न तेल, साबुनको चिप्लो फिँज लगाए तर मरिगए लिंग बाहिर निकाल्न सकेनन् । सुतेको खण्डमा लिंग सिथिल भएपछि पाइप निस्किएला कि भन्ने आशामा सुते पनि । तर पाइप निकाल्न सकेनन् उल्टै लिंग रातो भएर अण्डकोष समेत सुन्निन थाल्यो ।

लिंगमा बढिरहेको पीडा तथा मनको तनावले उनलाई ज्वरो आयो र अन्ततः डाक्टरलाई खबर गरे । डाक्टर आएर हेर्दा अवस्था निकै दर्दनाक थियो । पाइपमा लिंग अडि्कएका बुढाको अवस्था बिग्रँदै थियो र त्यो पाइप निकाल्ने हिम्मत डाक्टरमा आएन । गुप्तांग सुन्निएर डरलाग्दो बनेको थियो । अन्ततः दमकलका उद्दार कर्मचारीलाई बोलाइयो । चार घण्टा लगाएर क्विन्झाउ सहरका उद्दार कर्मचारीले त्यो पाइप काटेर लिंगलाई मुक्त बनाए । चिकित्सकहरुले उनको लिंगको बाहिरी छालामा हल्का चोट लागेको र सुन्निएको भएपनि गम्भीर चोट भने नलागेको बताएका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget