अमेरिककी राज्य ओरेगनको पोर्टल्यान्डमा
हालसालै साइकल र्याली सम्पन्न भयो । हजारौं साइकलयात्रीले यसमा भाग लिएका
थिए । यसमा अनौठो मान्नुपर्ने कुरा के छ त ? भन्नुहोला । हजारौं मानिसले
नांगै साइकल कुदाएका थिए । शनिबार भएको एघारौं वल्र्ड नेकेड बाइक राइड को उद्देश्य कारको विकल्पमा साइकललाई प्रवद्धन गर्नु थियो ।
यो पार्टी हो, कार्यक्रमा प्रवक्ता कार्ल लार्सनले भने यो तेलमाथिको
निर्भरतको विरोध पनि हो । त्यस्तै साइकलयात्रीले भोग्नुपरेका समस्यालाई
उजागार गर्नु पनि यसको उद्देश्य हो ।
र्याली सुरु हुन एक घण्टाअघि साइकलयात्रीहर नर्मान्डेल पार्कमा भेला भएका
थिए । र, कपडा फुकालेक ाथिए । कार्यक्रमको थिम थियो, यथासक्य नांगिनुहोस् ।
आजको शुक्रबार साप्ताहिकमा खबर छ ।
यस्तो नांगो साइकल यात्रा अमेरिकाका ७५ वटा सहर र विश्वका २० भन्दा बढी
देशमा आयोजना हुन्छन् । पोर्टल्यान्ड राइले भने स्थानीय प्रहरीसँग समन्वय
गरेको हुन्छ, प्रहरीे यसलाई विरोध प्रदर्शनका रुपमा हेर्छ ।
४० वर्षीया जेनिफर योङ आफ्नो १६ वर्षीया छोरासँग यस र्यालीमा सहभागी थिइन् ।
उनले शिरदेखि पाउसम्म नीलो रङ पोतेकी थिइन् भने परीका पखेटा लगाएकी थिइन् ।
Post a Comment