news and more entertainment

देखाएरै विकिन् शुभेच्छा, हिट भएपछि पछि लागिन् क्षितिजा

 
suvekchy-thapa
कलाकारहरु स्वार्थी हुन्छन् भन्ने कुरा चलचित्र ‘मिस नेपाल’की नायिका क्षितिजा शाक्यले देखाएकी छिन् । सिने नगरीमा खासै नचम्किएकी यी नायिकाले ‘मिस नेपाल’को प्रचारमा वेवास्ता मात्र गरिनन्, निर्मात्री शुभेच्छा थापासँग सामाजिक संजालमा झगडा नै गरिन् । ‘मिस नेपाल’बाट आफ्नो दृश्य काटिएको भन्दै सिनेमा चल्नुअघि क्षितिजा कुनै पनि प्रचारमा सहभागी भइनन् ।
तर हिजोआज मिडियामा काठमाण्डौ बाहिर ‘मिस नेपाल’ चलेको खबर सुनेपछि भने उनलाई तातो लागेको छ । यसैले पनि उनलाई सिनेमाको प्रचार गर्दै गरेको अवस्थामा देख्न थालिएको छ । काठमाण्डौ बाहिर जेठ १६ गतेबाट चलेको यो सिनेमाले २८ लाखको ग्रस कलेक्शन गरेको निर्मात्री थापाको दाबी छ । अब सिनेमा भोलीबाट काठमाण्डौमा भित्रदैछ ।
चलचित्र हिट भएको भन्दै निर्मात्री थापा उत्साहित छिन् । उनले सिनेमा हिट बनाउन आफ्नो बक्षस्थलमा माछाले छोपेर फोटो समेत खिचिन् । यता अर्की कलाकार क्षितिजा पनि सिनेमा चलेको खबरले आफूलाई फाइदा हुने सोच्दै बल्ल प्रचारमा लागेकी छिन् । तर सिनेमाले जती दर्शक तान्यो त्यसको पछाडि क्षितिजाको हात छैन भन्दा पनि हुन्छ ।
चलचित्रमा सविन श्रेष्ठले पनि अभिनय गरेका छन् । एक यूवती र उसको मिस नेपाल बन्ने चाहना नै चलचित्रको मुख्य बिषय हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget