news and more entertainment

सुष्माको आइटम डान्स अब नेवारी फिल्ममा

काठमाडौं । फिल्मी अभिनयमा संघर्ष गर्दागर्दै नायिका सुष्मा कार्की फिल्म ‘लुट’बाट चर्चामा आईन्। उक्त फिल्मको आइटम गीत ‘उध्रेको चोली’मा ग्ल्यामर किसिमको आइटम नृत्य प्रस्तुत गरेपछि सुष्माले यही गीतमा नाँचेर देश विदेशसम्म घुम्ने अवसर पाईन्। यही गीतको आइटम फापेपछि उनलाई अन्य फिल्मबाट पनि आइटम गीतका लागि अफर आए। प्रेमी बदल्न निकै माहिर मानिने यी नायिकाले एक नेवारी फिल्मको आइटम गीतमा पनि नृत्य गरेकी छन्।

लुँमधी अजिमा प्रोडक्सनको व्यानरमा कपाली परिवारले निर्माण गरेको फिल्म ‘तिन तिकः महा बिकः’मा उनले ‘न जि पानवती खः, न जि राजमती ख:… (न म पानवती हो, न म राजमती)’ बोलको नेवारी गीतमा आइटम नृत्य देखाएकी हुन्। दीपक कपालीले निर्माण गरेको फिल्मका निर्देशक प्रविण लाकौल हुन्। नेवारी कलाकारहरुको अभिनय रहेको फिल्ममा दीपक कपाली, अनिल तुलाधर र अनुज डंगोलको कथा, श्याम प्रजापति, सनमकुमार श्रेष्ठको संवाद, राजन शाहीको नृत्य, अनिल तुलाधरको संगीत, दीपक कपाली र पुष्परत्न ताम्राकारको गीत, देव महर्जनको द्वन्द्व र सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको छ। स्रोत # ग्ल्यामर नेपाल,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget