news and more entertainment

सिहदरबार बैध्यखानाका डा. लालबाबुद्वारा बिरामीमाथी यौनहिंशा


असार-५, काठमाडौं । सिहदरबार बैध्यखानाका डाक्टर लालबाबु साहले बिरामी जाच्ने क्रममा एक महिला माथि अनुचित ब्याबहार गरेको पिडित युवतीले बताएकि छिन । गत सुक्रबार दिउसो १२ बजे सिहदरबार बैध्यखानामा ग्यास्टिकको उपचार गराउन पुगेकी महिलाले उक्त दुर्ब्याबर भोग्नु परेको हो ।

बिगत तिन महिनादेखि उपचार निम्ति बैध्यखाना धाइ रहेकी महिलालाइ डाक्टर साहले सुरु देखि नै जाच्ने बहानामा सम्बेधन सिल अंगहरुमा हात पुर्याउने गर्दै आएको, पटक-पटक मोबाइल नम्बर माग्ने गरेको बताइन । आफ़ुले फोन नम्बर नदिए पछि डाक्टर साहले डाक्टरको पुर्जी मै आफ्नो मोबाइल नम्बर दिएर फोन गर्न पटक पटक भन्दै आएको उनले बताइन । आफुले डाक्टर जस्तो मान्छेले यस्तो गर्ला भन्ने कल्पना समेत नगरेको तर अस्ति सुक्रबार त डाक्टर साहले सिमा नै नाघेको उनले बताइन ।

उक्तदिन डाक्टर साहले तपाईको छाती पनि चेक गर्नुपर्छ भन्दै आफ्नो संबेदनसिल अंग चलाउदै जबर्जस्ति नै गर्न खोजे । त्यसपछि म हतपत उठेर भागे । आफु उपचारको निम्ति गएको डाक्टर साहले पन्द्र-पन्द्र दिनमा बोलाउने गरेको तर औसधि भने संधै एकै खालको दिने गरेको उनले बताइन । डाक्टर साहले पुर्जीमा लेखेको फोन नम्बर देखाउदै उनले भनिन म उपचार खोज्न बैध्यखान गएको झन् मानसिक सास्ती खेप्नु पर्यो यस्तो व्यक्तिलाई कसले कारबाही गर्ला भन्दै उनले चिन्ता ब्यक्त गरिन ।

यस बिषयमा सिहदरबार बैध्यखानाका डाक्टर लालबाबु साहको फोन ९८४९-५५९६३० मा पटक पटक सम्पर्क राख्दा उनले अस्विकार गर्न सकेनन् र बिषयलाइ नचाली दिन भन्दै घुमाउरो भाषामा आफुवाट गल्ति भएको र भेटेर सबै कुरा बताउने अनुनय बिनय गरे । आफु फोनमा यस बिषयमा कुरा गर्न नसक्ने भन्दै बरु बसेर कुरा मिलाउ भन्दै उनि फोन सम्पर्कमा नै आउन छोडे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget