कारभित्र बलात्कार भइरहँदा कसरी हेरे मानिसहरुले ?
एजेन्सी । यदी तपाईं हिँडिरहेको बेला गाडीबाट एक केटीको चिच्याएको आवाज आयो
भने तपाईं के गर्नुहुन्छ ? भारतीयले बनाएको युट्युवका यस्तै देखाइएको एक
भिडियो भाइरल बनेको छ ।
भिडियो बनाउनेहरुले सामाजिक प्रयोगको लागि बनायएको बताएका छन् । उनीहरुले
भारतको एक सुनसान स्थानमा पार्क गरिराखेको कालो सिसा भएको कारभि एक युवती
चिच्याइएको आवाज भरी टेपरेकर्डर राखिदिए । कारभित्रबाट गुहारको आवाज
आइरहेको थियो । मानौं भित्र बलात्कार भइरहेको छ ।
सडक छेउछाउ अन्य गाडी र मानिसहरु पनि यताउता गरिरहेका थिए । अन्य मानिसले
यस्तो घटना हुँदा कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने बुझ्न बनाइएको भिडियोमा
मानिसहरु आवाज सुनेपनि केही नसुनेजसरी हिँडेको देखिन्छ ।
त्यहाँ आफै केही पहल गर्नु त टाढाको कुरा भयो मानिसहरुले प्रहरीलाई समेत
खबर गरेनन् । तर सबै मानिस स्वार्थी थिएनन् । केही सो कार्यलाई गम्भीर
रुपमा हेरेर उद्धारको प्रयास गरे । भिडियोको अन्तिममा हिरोको रुपमा उनलाई
देखायएको छ । ढुंगाले गाडीको सिसा फुटाएर लाठीसहित ७८ वर्षका वृद्धा पनि
उद्धारमा जान्छन्
Post a Comment