news and more entertainment

मोवाइलका लागि हत्या

काठमाडौं,असार४–काठमाडौं,असार४–लुटेराहरुले सुरक्षा गार्डको काम सकेर घर फर्कदै गरेका सीताराम पराजुलीको हत्या गरेको खुलेको छ । राजधानीको तीनकुनेमा सेक्युरिटी गार्डको ड्युटी सकेर भक्तपुर लोकन्थलीस्थित डेरा जानेक्रममा लुटेरा समूहले सीताराम पराजुलीलाई कुटपिट गरेर हत्या गरी उनको साथमा रहेको मोबाइल लुटेर भागेको थियो ।
गम्भीर घाइते भएकोमा उनलाई बीर अस्पताल लगिएकोमा मंगलबार मृत्यु भएको हो । प्रहरीले हत्या अभियोगमा २० वर्षे निकेश राई र ३० ववर्षे माइला खड्गीलाई पक्रेको छ ।
महानगरीय प्रहरी बृत्त बानेश्वका प्रमुख डिएसपी रमेशकुमार तामाङका अनुासर बेलुका डेरा फर्कने क्रममा जडिबुटी चोकको आकाशे पुलमा बटुवा लुट्न बसेका उनीहरुले पराजुलीलाई छिड्की हानेर लडाउँदै मोवाइल र २ हजार रुपैयाँ लुटेका थिए । आकाशे पुलमा लडेका उनी केही समयमा आफैँ हिँडेर डेरा पुगेका थिए । उनले घर परिवारका सदस्यलाई मोबाइलमा कुरा गरेर हिँडिरहेका बेला २ जनाले रुमाल सुँघाएर मोबाइल र २ हजार रुपैयाँ लुटेको बताए । लड्ने क्रममा गम्भिर चोट लागेपनि उनले पत्तो पाएनन् ।
मंगलबार उनको बीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget