news and more entertainment

प्रेमिकाको हत्यापूर्व धेरै पटक गरे सेक्स

(एजेन्सी)– एउटै कोठामा एक जोडिले रात गुजारे । अर्को बिहान भेटिन्छ प्रेमिकाको लास । हत्या गरिसकेपछि प्रेमी फरार हुन्छन् । यो घटना दिल्लीको गोविन्दपुरी इलाकाको हो ।
पुलिस सुत्रका अनुसार हत्या गर्नुपूर्व प्रेमीले उनीसँग धेरै पटक सेक्स गरेका थिए । उनीहरुमा यस्तो के कुरामा खटपट भयो कि उनले घाँटी थिचेर प्रेमीकाको हत्या गरे ? पुलिसले यो घटनाको जानकारी महिलाको साथीबाट थाहा पाए । पुलिसले अब आरोपीको खोजी गरिरहेको छ ।
पुलिसका अनुसार सोमबार दिउँसो पुलिसलाई यो घटनाको जानकारी भयो । गोबिन्दपुरीमा बस्ने शान्ति (नाम परिवर्तन) विवाहित हुन् । उनका श्रीमान विगत एक वर्षदेखि आफ्नी छोरीसँग वेस्ट वंगालमा बस्ने गर्दछन् । शान्तिसँग उनकी एक २८ वर्षीया साथी गीता (नाम परिवर्तन) बस्ने गर्दछिन् ।
गीत तीनदिन देखि शान्तिसँगै बसिरहेकी थिइन् । उनका प्रेमी अजय दैनिक उनलाई भेट्न आउने गर्दथे । यो कुराको जानकारी शान्तिलाई थियो । त्यो दिन पनि अजय त्यहाँ आए । दुबैजना निकै बेरसम्म छुट्टै कोठामा कुरा गरिरहेका थिए । शान्तिले दुबैलाई एक्लै छोडेर अर्को कोठामा सुत्न गइन् । बिहान आफू उठेर गीतालाई उठाउन जाँदा उनलाई मृत भेटिन् ।
शान्तिले आफ्नो कोठा वरपर भएका मानिसहरुलाई बोलाइन् । उनीहरुले जब गीतालाई देखे तब उनीहरु पनि चकित परे र नजिकैको पुलिस स्टेसनमा खबर गरे । अहिले गीताको मृत शरिरलाई पोष्टमार्टमको लागि पठाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget