नियुक्तीको निर्णय गर्ने अधिकार कार्यबाहक प्रधानमन्त्रीलाई छैन ।
६ असार, काठमाडौं
एआइजीमा बढुवा गर्न बढुवा समितिले गरेको सिफारिस लोकसेवा आयोगले संशोधन गरेपछि पनि बढुवाबारे तत्काल निर्णय नहुने भएको छ ।
अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद्बाट हुने
निर्णय गर्ने अधिकार कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमलाई दिएका छैनन् ,
नयाँ पत्रिका दैनिकमा खबर छ ।
पुनरावलोकन समितिको निर्देशन मान्न सरकार बाध्य हुने प्रहरी नियमावली ०७१
मा व्यवस्था छ । तर, प्रधानमन्त्री कोइराला अमेरिकाबाट नफर्किएसम्म यो विषय
टुंगो नलाग्ने देखिएको छ ।
प्रधानमन्त्री कोइराला फर्किने टुंगो नलागेकाले एआइजी बढुवा लम्बिने देखिएको छ ।
उता, प्रहरीको एआइजी बढुवा सच्याउन लोकसेवाले दिएको निर्देशन गृह मन्त्रालयमा गुपचुप राखिएको छ ।
यसैबीच बढुवा समितिले सिफारिस नगरेका ६ जना डिआइजीले कार्यक्षमता
मूल्यांकनको नम्बर माग्दै गृहमन्त्रालयमा शुक्रबार निवेदन दिने भएका छन् ।
Post a Comment