राधेश्याम विश्वकर्मा
भैरहवा, असार ४ – जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सीमा नाकामा चेकजाचको
क्रममा भारी मात्रामा लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ ।
सीमा नाका बगहामा चेक जाच गर्ने क्रममा तनहु जिल्लाको ब्यास नगरपालीका वडा
नं. १ बस्ने १८ बर्षिय दिपक सुनार लाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला
प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक
न्यौपानेले दिएको जनाए । सुनारले जिउमा प्लाष्टिकको टेपले बाधी लुकाई छिपाई
ल्याईरहेको अवश्थामा नुफिन १ सय सिसि, लुपिजेसिक १ सय सिसि र डाईजेपाम १
सय १ सिसि बरामद भएको प्रवक्ता न्यौपानेले बताए ।
Post a Comment