बलिउडका चर्चित एवं लोकप्रिय अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले
नेपालमा नेपाली सिनेमा तर्फ रुचि देखाएकी छन् । काठमाडौंस्थित माइतीघरमा
आयोजित एक कार्यक्रममा आएको बेला उनले नेपाली संस्कृति झल्काउने सिनेमा
निर्माणका लागि सोच बनाएको बताइन् ।
आफ्नो माइती ठाउँमा पनि केही राम्रो काम गर्न इच्छुक रहेको र सिनेमा
निर्माण पहिलो प्राथमिकतामा परेको उनले बताएकी छन् | आफ्नो माइती
काठमाडौंको साँखुमा भएकी सुनिता समय समयमा नेपाल आउने जाने गरिरहेकी
हुन्छिन । उनि भारतमा रहेपनि नेपाल प्रति उनको प्रेम मनभरी रहेको कुरा
नेपाली चलचित्र प्रतिको उनको मोहले पनि बताउछ |
मनिषा कोइरालाको विहेमा नेपाल आएकी उनि त्यसपछि पनि पतिलाई लिएर आफ्नो
माइती देश आएकी थिइन् । उनको नेपाल प्रेम पनि कतिपय बेला व्यक्त हुने गरेको
छ । अहुजाले नेपाली सिनेमालाई व्यवसायको रुपमा अगाडी बढाउनुपर्ने भन्दै
त्यसको लागि आफुले सोच बनाएको बताएकी छन् |
Post a Comment