news and more entertainment

चर्पीमा खेसेको मोबाइल निकाल्न खोज्दा ज्यानै गयो

काठमाण्डौ, २८ जेठ । मोबाइल यदि चर्पीमा खस्यो भने त्यसलाई त्यही छोड्नु होला चाहे जति नै महँगोको किन नहोस् । त्यसलाई निकाल्ने प्रयासमा कही ज्यानै गुमाउनु पर्ला फेरि ।


घटना हो चीनको । श्रीमति चर्पी जादाँ मोबाइल खसालेपछि उनले मोबाइल निकाल्न धेरै प्रयास गरिन् । नसकेपछि पतिलाई मोबाइल निकालिदिन आग्रह गरिन् । श्रीमान् सिसी पिटमा उक्लेर मोबाइल निकाल्न खोजे तर खसेर विहोस बने । उनलाई बचाउनका आएका थप मानिसहरुले पनि नराम्रो नियति भोग्नुपर्र्यो ।

चिनीया पत्रिका साउथ चाइना मर्निङ पोष्टले दिएको जानकारी पति बिहोस भएपछि उनकी आमा छोरो जोगाउन गइन् तर ति पनि बिहोस भइन् । घरबेटी पनि पिटमा उनीहरुलाई जोगाउन पसे तर ति पनि बिहोस भए ।

ति महिलाका ससुरा पनि उनीहरुलार्य जोगाउन चर्पीको सेसपिटमा प्रबेश गरे तर उनीहरुनै त्यहाँ फसे । अन्तत जिङजियाङका बासिन्दाहरुले उनीहरुको उद्धार गरेका थिए । हस्पिटलमा ति महिलाको पति र सासुको मृत्यु भएको छ । मोबाइल हराएकी ति महिला र अरुहरुको उपचार हुदै रहेको छ । तर मोबाइल पाइएको कि पाइएन त्यो भने खुल्न सकेको छैन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget