मानव जिवन अत्यन्तै छोटो छ । यो सबैलाई थाहा भएकै कुरा हो । यति छोटो जिवनमा विछोडिएर बस्नुको पिडा विछोडमा जीन्दगी बिताउनेहरुलाई मात्रा थाहा हुन्छ । यदि मेरो भरोसामा बस्नेहरु पनि छन् भने म तलका शब्दहरुबाट अपिल गर्न चाहन्छु । यदि म मरिहाँले भने कोठाको झ्याल खुल्ला राख्नु झ्याल ढोका बन्द गरि भित्र पिर गरेर नबस्नु बाहिरको रमाइलो ससांर कुर्नु । सम्झना त केबल एक थोप आँसु भई बिलाउछ । यो जीवन आगो र धुवाँमा भएर उड्दछ । त्यसैले कहिले पनि भोक भोकै नबस्नु कसैले खाएको देखी हाल्यौ भने खानुपर्छ भनेर सम्झनु । काम छाडे माम पाइदैंन् कसैले काम गरिरहेको देख्यौ भने उसले तिमिलाई पनि काम गर्नुपर्छ भन्ने सम्झनु ।
म मरेँ भने कोठाको झ्याल खुल्लै राख्दा जसरी एक ठाँउबाट अर्को ठाँउमा जाँदा आफ्ना प्रियजनहरुबाट बिदा मागिन्छ । हिँड्नु भन्दा पहिले चिन्ता नगर्नु जीवन भनेको एक यात्रा हो । कहि कतै ठोकिएर कराउन पनि सकिन्छ । जिवन हाड र मासुको संगम हो तिम्रो जीवन, तिमी खेलौना हौ, त्यसैले अरु कसैले तिमीलाई खेलाउने प्रयास गर्ला !!!
आँखाको कोष भरि गाजलका लप्का पोती अनि ति सुन्दर कोमल आनि निस्वार्थि ओठमा हल्का लिविस्टीकको घेरा लगाई मन्द मुस्कन छोड्ढा तिम्रो त्यो पुष्ट शरिरको बासनाले तिम्रो हातको त्यो रातो फुल मैले भुइँमा खस्न दिइन् । सायद मेरो त्यो भुल थियो ,गुलाफकको फुललाई प्रेम सम्झनु , मुर्खर्ता थियो तर, तिम्रो अहमता र घमण्डलाई म तिरस्कार गर्दिन त्यो तिम्रो बाध्यता थियो ।
तर क्षितिजले तिमिलाई व्यर्थमा लुकाउँछ । म उजाड मरुभुमीमा छटपटाउछु तर मेरो बेदना असार साउनको भेल बाढी झै अनायासै सुकिदिन्छ । म रुन्छु कराउँछु अनि फेरी त्यो ठुलो आकाशलाई नियाल्छु त्यहाँका ताराले मलाई हेर्दै तिम्रा आँखाले हेरे जस्तो लाग्छ । अनि त्यो डाँडा पारिको चौतारीमा बसेर तिमीलाई सम्झिन्छु । सल्लाका पातबाट हावा चल्दा तिम्रो नाम लिएर सुसाउदै गित गाउँन मन लाग्छ । तर के गर्ने दैबले मेरो श्वास नै चुँडी लग्यो । मन त थियो तर गाँउन सकिनँ त्यसैले म मरेँ भने आँखा चिम्लेर नबस्नु त्यस भित्र अँध्यारो हुन्छ । आँखा खोलेर बस्नु कतै ति पाखा पखेरा र दोबाटोमा तिम्रो यादमा केहि पर्खेर बसको छ कि । याताउत आँखा नचाएरै बस्नु !!

म मरिहाले भने चुरापोते पनि नफुटाउनु तिमिले त्यो सम्बन्ध नै जोडिनौ ,मलाई आशा पनि छैन र भरोसापनि फुटेको सिसा कहिल्यै जोडिदैन र बगेको खोला पनि फर्केर आउँदैन । तर तिमि घाम भयौँ मलाई आफ्नो नजिक बोलाएर डढाइदियो ,आशाका मुनाहरु त पलाउछँन् । बसन्त ऋतुले हिजो मात्र पाइला टेक्यो तै पनि मेरो मनमा लहार आएन, सायद मेरो मन पत्थरसरी जमेर बेहोसीको तालभित्र पौडिखेल्दै अनगिन्ती प्रेमको सागरमा चुरलुम्म डुब्दै मरुभुमीको बालुवामा छटपटाउँदै थियो होला या त तिम्रो ति हरेक दुःख कष्टलाई पार गदै तिम्रो मायाँ पाउने सुनौलो दिन गन्दै थियो होला !!!
आँखाको कोषबाट बलिन्धारा आँशु झर्दा तिम्रो त्यो ओठबाट छुटेको हाँसोले सारा संसारलाई हँसाई दियो तर मेरो मन मरुभुमिको बाफ सरि तिम्रो मायामा अल्झीरहयो । हरपल तिम्रो मायाले मन उडाई दियो अनि चैतमासको खडेरीमा यो दिलको भारि मलाई त्यो डाँडा पारिको चौतारिमा बिसाई यो संसारबाट तिम्रो नसाबाट तिम्रो बाटोबाट नाँउबाट अनि तिम्रो ठाँउबाट म तिमीबाटै सदा सदाका लागि बिदा भए…………..
अनुरोधको भाषा बुझ्नु मायाँ गर्ने मायालु हो । यो स्वार्थि दुनियाँको मिठो खेल र रमाइलो इच्छाले तिम्रो अस्तित्वको रंगहरु खुइलिँदै जानेछन् । जन्म पछि मृत्यु हुनु प्रकृतिको नियमा रहेछ । पल भएको जीन्दगी आँसु र तडपाइको संघारमा जिउनुपर्छ । काटमार र अष्तृत्वको युद्वमा भिड्नुपर्छ । कसैको प्रेममा फसेँर मर्नुपर्छ । त्यसैले त माया नगर मायामा विछोड हुनुपर्छ !!
Post a Comment