२०७१ जेठ ३० गते
मान्छेले मान्छे जन्माउनुपर्ने हो तर इण्डोनेसियामा एक महिलाले छेपारो
जन्माएपछि हंगामा भएको छ । ३१ वर्षकी डेबी नुबाटोनिसले छेपारो जन्माएपछि
सबै आश्चर्यचकित त भएकै छन् विचरा ती महिलामाथि बोक्सीको आरोप समेत लगाइएको
छ ।
८ महिनाको गर्भ जन्माउने क्रममा ती महिलाले छेपारो जन्माएको बताइएको छ ।
घटनाको अनुसन्धान गर्न इण्डोनेसियाली अधिकारीहरुले दुर्गम ओइनु्न्टो गाउँमा
एक टोली पठाएकेा छ ।
वैज्ञानिकहरुले भने मान्छेले छेपारो जन्माउनै नसक्ने दाबी यसको जन्मिएको के
हो भन्ने बारे अनुसन्धान गरेर पुष्टि गरिने बताए । घटनाको विषयमा चिकित्सक
र वैज्ञानिक टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।
छेपारो जन्माउने महिला र उनका परिवारमाथि बोक्सीको आरोपमा धम्की आइरहेको
समाचार इन्टरनेटमा सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चायो ।
महिलाले छेपारो जन्माएको खबर सबैभन्दा पहिले ती महिलालाई सुत्केरी गराएकी
भनिएकी जोसेफाइन लिडिया हेलेन वादु नामकी सुँडेनीले सार्वजनिक गरेकी थिइन् ।
अनुसन्धानमा संलग्न विज्ञहरुले भने मान्छेले छेपारो पाउनै नसक्ने दाबी
गर्दै ती महिला गर्भवती नभएर केवल उनलाई रक्तश्राव भएको हुनसक्ने र त्यो
रगत घरभित्र हिँडिरहेको छेपारोमाथि परेर लतपतिएको हुनसक्ने अड्कल काटेका
छन्
Post a Comment