news and more entertainment

'एक करोड दाइजोले पनि नपुगेर रिमझिमलाई आत्महत्या गर्न बाध्य पारियो

दाइजोले निम्त्याएको हिंशा
दाइजोको कारण बारा-सिमरा गढिमाई नगरपालिका पिपरा वडा नं. ४ निवासी श्याम गुप्ताकी श्रीमती रिमझिम गुप्ताको रहस्यमय मृत्य भएको राष्ट्रिय महिला आयोगको आरोप रहेको छ।
 
वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय महिला आयोगका सदस्य उर्मिला देवी विश्वकर्मा, आयोगका कानुन अधिकृत वीरेन्द्र केसीले रिमझिमको रहस्यमै मृत्यु भएको जानकारी गराएका थिए।
 
रिमझिमको विष सवेन गरको कारण गत जेष्ठ २५ गते  निधन भएको थियो। रिमझिमका दाजु राजेश कुमारले राष्ट्रिय महिला आयोगमा बहिनीको रहस्मय मृत्यु भएको आशंका गर्दै  छानबिनको लागि उजुरि दर्ता गराएका थिए।
 
आयोगका  प्रतिनिधिहरुद्धारा २ दिनदेखि घटनास्थल श्याम गुप्ताका परिवारजन, इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला प्रशासन कार्यालय बारा, उपचार भएको  नेशनल मेडिकल कलेज, वीरगंज हेल्थ केयर हस्पिटल लगायत नारायणी उपक्षेत्रीय अस्पतालमा पुगी छानबिन गरेको थियो।
 
आयोगले दाइजोको कारण रिमझिमको रहस्यमै मृत्यु भएको ठहर गर्दै प्रक्रिया अगाडि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
 
मधेसी पत्रकार समाज पर्साद्धारा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगका सदस्य उर्मिला देवी विश्वकर्मा,आयोगका कानुन अधिकृत वीरेन्द्र केसीले रिमझिमका श्रीमान श्याम गुप्ता, ससुरा बिनोद गुप्ता, जेठी बुहारी कविता गुप्ता र नन्द सुनिता गुप्तासँग सोधपुछ गर्दा रिमझिमले बिना कारण विस खाएको बताएका पनि स्थानीयबासी तथा प्रहरी प्रशासनसँग बुझ्दा बिगत केहि दिनदेखि  परिवारजनले माइतबाट दाइजो नल्याएको भन्दै मानसिक तनाव दिदै आएको कारण श्रीमानसँग झगडा भएपछि बाध्य भई  रिमझिमले विस सेवन गरेको बुझिएको जानकारी गराएका थिए।
 
मृत्यु भएको १० दिन बितिसक्दा पनि प्रहरीले हालसम्म मुद्दा पनि दर्ता नगरेको र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमार विक्रम थापा, प्रहरी उपरीक्षक ईश्वर बाबु कार्की, प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालसँग घटनाका दोषीलाई हालसम्म पक्राउ नगरिनुको कारण सोध्दा हाल उनीहरु कामक्रियामा बसेकोले पक्राउ नगरिएको बताउँदै पन्छिन खोजेको उर्मिला देविले बताइन।
 
जुन कानुुन विपरित रहेको र धार्मिक आडमा दोषीलाई पक्राउ नगरी एकलौटि रुपमा केटी पक्षलाई नै पीडा दिइरहेको पत्रकार सम्मलेनमा महिला आयोगका सदस्यहरुले बताए।
 

कानुनमा कुनै पनि अपराधिक गतिविधिमा संलग्न भएको व्यक्तिलाई धार्मिक परम्परा देखाई पक्राउ नगरिनुले पुलीस प्रशासनले घटनालाई दबाउन खोजेको आयोगका कानुन अधिकृत वीरेन्द्र केसीले आरोप समेत लगाएका थिए। बिहेमा ३५ तोला सुन, ६० लाख बराबरको ३ कठ्ठा जग्गा, १६ लाख भारु रुपैया गरी करिब १ करोड बराबरको दाइजो दिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget