news and more entertainment

श्रीकृष्ण भन्छन्, `कोहिनूरले कमाउँछ`

 

अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको ‘कहाँ भेटिएला’ले कमालकै व्यावसाय गर्यो । 'कहाँ भेटिएला’ को अपार सफलता पछि श्रीकृष्ण ‘कोहिनूर’ लिएर आएका छन् । ‘कहाँ भेटिएला’ जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का दोहोरिएको ‘कोहिनूर’ आउँदो साउन २३ गते अल नेपाल प्रदर्शन हुँदैछ ।
 
भारतको कोठीमा बेचिने नेपाली चेलीको कथालाई ‘कोहिनूर’ मा उठाइएको छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । श्रीकृष्ण र श्वेताको बिहेसँगै ‘कोहिनूर’ फिल्मको यतिबेला चर्चा छ । दोहोरो चर्चाले के फिल्मको व्यापारलाई फाइदा गराउला ? रियल जोडीको फिल्म हेर्न दर्शक हलसम्म ओइरिएलान् ? 
 
 
निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठ ‘कोहिनूर’ सफल हुनेमा ढुक्क छन् । श्रीकृष्ण भन्छन्, ‘दर्शकलाई मन पर्ने फिल्म बनाएका छौं । फिल्मले लगानी उठाएर नाफा कमाउँछ भन्नेमा म ढुक्क छु ।’ बढी बजेटको ‘कोहिनूर’ को प्रचार प्रसारमा श्रीकृष्णले तिव्रता दिइरहेका छन् ।
 
फिल्मीखबरसँगको कुराकानीमा श्रीकृष्णले बिहेको लगनभने टुङ्गो लागि नसकेको बताए । ‘एक हप्तामा बिहेको लगन थाहा हुन्छ’ श्रीकृष्णले भने, ‘अहिले हामी फिल्मकै काममा व्यस्त छौं ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget