२०७१ असार ४ गतेअस्पतालले उपचारमा लापरवाही गरेर विरामीको मृत्यु भएको वा
अवस्था झनै खराब भएको भन्दै तोडफोड र मुद्दा मामिला भएका घटना त हाम्रोमा
पनि हुन्छन् । तर क्यानडामा एउटा अस्पतालमाथि यस्तो मुद्दा लागेको छ जुन
सुन्दा पनि हाँसो उठ्छ ।
क्यानडाको मोन्टि्रयलमा रहेको एक अस्पताल विरुद्ध त्यहाँ उपचार गराउन गएका
एक पुरुषले आफ्नो लिंग छोटो बनाइदिएको आरोपमा मुद्दा हालेका छन् ।
अस्पतालले सर्जरीका क्रममा लापरवाही गर्दा आफ्नो लिंग १ इन्च छोटो भएको र
लिंग छोटो भएका कारण आफ्नो वैवाहिक जिवन नै भताभुंग भएको भन्दै उनले
अस्पताल विरुद्ध मुद्दा हाल्दै १ लाख ५५ हजार डलर क्षतिपूर्ति समेत माग
गरेका छन् ।
नाम तथा अन्य परिचय गोप्य राखिएका ती पुरुषले आफ्नो लिंगको उपचारका क्रममा
डाक्टरहरुले लापरवाही गरेको दाबी गरेका छन् । सन् २०११ म्ाा आफ्नै
श्रीमतीसँग सम्भोगका क्रममा लिंगमा चोट लागेपछि उनी उपचारका लागि उक्त ली
गार्डर अस्पतालमा पुगेका थिए । अस्पतालमा पूराइएपछि उनलाई एकजना नर्सले
सामान्य चेकजाच गरिन्, उनको लिंग नछोइकन हेरेर मात्र त्यसमा सानो चोट
लागेको निष्कर्ष निकालिन् । त्यसपछि उनलाई कुनै उपचार नगरी केही औषधि दिएर
घर पठाइयो ।
घर फर्किएपछि औषधि खाँदा केही दिनमा लिंग निको हुने आशामा रहेका ती पुरुषको
लिंग झनै दुख्न थाल्यो, उनले सम्भोग गर्न सकेनन् । त्यसपछि अस्पताल गएर
राम्रोसँग जाँच गराउँदा पो पत्तो लाग्यो उनको लिंगमा गहिरै चोट लागेको रहेछ
र फ्याक्चर भएको रहेछ । त्यसपछि उनको लिंगको शल्यक्रिया गनुपर्यो र त्यसो
गर्दा उनको लिंग एक इन्च छोँटो भयो ।
अस्पतालको लापरवाहीका कारण आफुले २ वर्षसम्म सेक्स गर्न नपाएको र सोही कारण
श्रीमतीले पनि छाडेर हिँडेको उनको दुखेसो छ । एजेन्सीको सहयोगमा
Post a Comment