news and more entertainment

६ लाख चोर्ने अभियुक्त तीन घण्टामै पक्राउ

पर्वत, असार ४ – म्याग्दीको बेनीबजारबाट चोरी भएको ६ लाख रुपैयाँ नगदसहित प्रहरीले तीन घण्टा भित्रै अभियुक्त पक्रेको छ ।

याग्दीको सदरमुकाम बेनीबजारबाट चोरी भएको ५ लाख ९९ हजार नगदसहित बागलुङको बुर्तिबाङ ९ का सुनिल भन्ने ढालेन्द्र बिकलाई पर्वतको सदरमुकाम कुस्माबाट पक्रेको हो ।
म्याग्दीको बेनीस्थित कर्नर क्याफेका सञ्चालक झलप्रसाद गौचनके घरबाट बुधबार विहान ११ बजे रकम चोरी गरी भाग्दै गरेको अवस्थामा कुस्माबाट चोरी भएको नगदसहित बिकलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीले चेकिङ गर्ने क्रमम दिउँसो पौने तीन बजे हुलियाका आधारमा शंका मानर सोधपुछ गर्दा नगद र चोरीमा संलग्न ब्यक्तिलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । चोरी भएको नगदसहित बिकलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पठाउने उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget