२८ गते
हैदरावाद
- भारतको दक्षिणी भागमा वार्षिक रूपमा गरिने दमको पराम्परागत उपचारका
लागि हजारौँ बिरामी लाइनमा बसेर नाक खुम्च्याउँदै, आँखाभरि आँसु पारेर
जिउँदै माछा निल्दै गरेको देखिएको छ । मुलुकको दक्षिणी भागमा रहेको
हैदरावाद नगरमा प्रत्येक जुन महिनामा दमका बिरामी पहेँलो जडीबुटी सहित
जिउँदो माछा निल्न भेला हुन्छन् । उनीहरू यसका कारण सास फेर्न सजिलो हुने
विश्वासमा छन् ।
यस
उपचार विधिमा विरामीको घाँटीमा करिब दुई इन्च लामो माछा घुसाइन्छ । यो
उपचार बठिनी गौठका परिवारले गर्ने गरेको छ र यस माछाले बिरामीको घाँटी सफा
गरी दम तथा स्वासप्रस्वासको अन्य रोग स्थायी रूपमा निको हुने उनीहरूले
बताएका छन् । यो परिवारले प्रयोग गर्ने जडीबुटीको गोपनीयता बताउन अस्वीकार
गरेका छन् । उनीहरूले यो कुरा सन् १८४५ मा एक हिन्दु साधुले दिएको बताएका
छन् ।
यस
उपचारमा आमाबाबु आफ्ना छोराछोरीलाई रुवाएर भए पनि उनीहरूको मुख खोल्न
लगाउँछन् । अन्य भने आफ्नो नाक तथा आँखा बन्द गरेर माछालाई सकेसम्म
घाँटीभित्र पसाउन चाहन्छन् । दुई दिनसम्म सञ्चालन हुने यो उपचार निःशुल्क
रहेको छ र यसका लागि भारतभरबाट विरामी आउने गर्छन् । उपचारको दिन भने जुन
महिनामा मनसुन आरम्भ भएपनि निर्धारण हुन्छ । अधिकारवादी समूह तथा
चिकित्सकहरूले भने यो उपचारविधि वैज्ञानिक नभएको, यसले मानव अधिकार
उल्लङ्घन गर्ने गरेको, स्वस्थ्य नभएको आरोप लगाउने गरेका छन् । यी आरोपलाई
यस परिवारले अस्वीकार गरेको छ ।
भारत
सरकारले भने यो उपचार प्राप्त गर्न चाहने व्यक्तिका लागि हरेक वर्ष विशेष
रेल सेवाको व्यवस्था गर्ने गरेको छ । साथै उपचारस्थलमा भीड नियन्त्रण गर्न
थप प्रहरीको व्यवस्था गरिन्छ । यो माछा सेवन गरेपछि विरामीलाई ४५ दिनसम्म
आफ्नो आहारलाई कडा रूपमा नियन्त्रण गर्न भनिन्छ ।
Post a Comment