news and more entertainment

कैदीद्वारा घाँटी रेटेर आत्महत्याको प्रयास

रौतहट : लागूऔषध, अपहरण तथा शरीर बन्दक साथै हातहतियार ओसारपसार मुद्दामा जेल परेका एक कैदीले गौर कारागारभित्र आत्महत्याको प्रयास गरेका छन्। गौर जेलमा रहेका भारतीय नागरिक गौरीशंकर रामले ब्लेडले मंगलबार साँझ आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन्।
३० वर्षीय कैदी रामले ब्लेडले घाँटी रेटेको थाहा पाउने वित्तिकै कारागार प्रशासनले उपचारका लागि अस्पताल पु:याएको थियो। गौर अस्पतालमा उपचारपछि कैदी रामको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि विरगंज पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती भारतको सितामढी जिल्ला मसहा ग्रामका गौरीशकर राम लागूऔषध, अपहरण तथा शरीर बन्दक र हातहतियार ओसारपसार अभियोगमा २०६७ माघ ५ गते जेल परेको गौर कारागारकी जेलर अनिता कुमारी लावतले जानकारी दिइन्।
कैद सजाय भुक्तान गर्न ८ महिना बाँकी रहँदा रामले घाँटी रेटेर आत्महत्याको प्रयास गर्नु कैदीबीच आन्तरिक विवाद हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायव उपरीक्षक भिम ढकालले बताए। गत हप्ता गौर कारागारका दुईजना कैदी प्रहरीको मिलोमतोमा फरार हुनु, कैदीले आत्महत्याको प्रयास गर्नु जस्ता घटनाले कारागारको सुरक्षा अवस्था फितलो देखिएको छ। कैदी रामको घाँटीको नसा काटिएका ले अवस्था गम्भीर रहेको जनाउँदै घटनाको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला कारागार गौरमा एकसय ६५ जना कैदीले कैद भुक्तान गरिरहेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget