news and more entertainment

प्रहरीको १०० नम्बरमा यौन संवाद

ब्लफ कलले प्रहरी हैरान '
मोरङ ,जेठ २८–अति व्यस्त हुने जिल्ला प्रहरी कार्यालय मोरङको सोधपुछ केन्द्रमा रहेको १०० नम्बरमा वर्षौंदेखि आउने गरेको ब्लफ कल गर्नेक्रम घट्नुको साटो झन् बढेर गएको छ ।
आवश्यक सोधपुछका लागि पैसा नलाग्ने मोरङ प्रहरीको १०० नम्बरमा विभिन्न व्यक्तिले ब्लफ कल गरेर दिनरात हैरानी दिने गरेका छन् ।
ब्लफ कल गर्नु हुँदैन, यो सार्वजनिक अपराध हो भनेर सम्झाउँदा पनि ब्लफ कल गर्नेहरु मान्ने गरेका छैन । यसरी सम्झाउँदा झन् उनीहरुले हौसिएर ब्लफ कल गरेर ड्युटीमा बसेका प्रहरीहरुलाई हैरानी दिने गरेका छन् ।
सोधपुछ केन्द्रमा दिनमा २० देखि ३० वटासम्म ब्लफ कल आउने गरेको ड्युटीमा खटिँदै आएका हबलदार गोपाल राई बताउँछन् ।
उहाँका अनुसार पहिले तराईका विभिन्न जिल्लाबाट ब्लफ कल आउने गरे पनि आजकल भने पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, इलामतिरका मोबाइल नम्बरबाट महिलाहरुले बढी ब्लफ कल गर्ने गरेका छन् ।
ब्लफ कल गर्नेहरु प्रायः ड्युटीमा बसेका महिला र पुरुष प्रहरीहरुसँग लामो समय लगाएर पटकपटक विक्षिप्त यौन संवाद गर्ने गरेका छन् ।
प्रायः चोरी गरेका र भेट्टाएका मोबाइलको सिम प्रयोग गरेर ब्लफ कल गर्ने गरेकाले हैरानी दिनेलाई पक्राउ गर्न गाह्रो हुने गरेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।
उनले अब ब्लफ कल गर्नेहरुको नम्बर नै सार्वजनिक गरिदिने योजनामा प्रहरी जुटेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget