news and more entertainment

विश्वभर हुँदैछ नग्न साइकल यात्रा

२०७१ जेठ २२ गते
जुन ७ तारेखमा हुने विश्व नग्न साइकल यात्रा यो वर्ष पनि विश्वका विभिन्न देशमा आयोजना हुँदैछ । अमेरिकाको ओरेगनस्थित पोर्टल्याण्डमा जुन ७ तारेखका दिन राति १० बजेबाट नग्न साइकल यात्रा सुरु हुनेछ भने यस्तो साइकल यात्रा विश्वका १७ देशका ७४ वटा सहरमा हुने बताइएको छ ।
साइकल यात्रामा केवल हेलमेट र जुत्ता मात्र लगाएर हजारौँ नग्न साइकल यात्रीहरु सहभागि हुने अपेक्षा आयोजकहरुले गरेका छन् । आयोजकहरुका अनुसार पेट्रोलियममा आधारित प्रदुषणयुक्त अर्थतन्त्रको विरोधमा तथा साइकलयात्रील सडकमा बेहोर्नुपर्ने खतराका विषयमा सचेतना जगाउने उद्धेश्यले नग्न साइकल यात्राको आयोजना गरिनेछ ।

अघिल्लो वर्षजस्तै यो वर्षपछि नांगो साइकल यात्रा विवादरहित भने नहुने भएको छ । अमेरिकाको पोर्टल्याण्डका स्थानीय बासिन्दाले नांगो साइकल यात्रा विरुद्ध प्रहरीमा उजुरी गर्ने धम्की समेत दिएका छन् । पोहोर साल पनि यस्तै तनाव भएको थियो ।
तर प्रहरीले भने तनाव रोक्न अनौठो जुक्ति अपनाएको छ । उसले नांगा मान्छे देख्न नचाहनेलाई घरभित्रै बस्न, टेलिभिजन हेर्ने, पर्दा लगाउन र बच्चालाई सुताएर सडकमा नहेर्न आग्रह गर्दै नग्न साइकल यात्रालाई निर्वाध रुपमा संचालन हुन दिने संकेत गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget