बलिउडमा १०० करोडको क्लवमा सम्मिलित चलचित्रमा अभिनय गर्ने र किङ खान भनेर
चिनिने शाहरुख खानको जीवनको पूर्वार्धका तथ्यबारे धेरैलाई जानकारी छैन ।
उनको जीवन कसरी नाटकीय मोड हुँदै गुज्रिएको छ भन्ने बारेका जानकारी यहाँ
संकलन गरिएको छ ।
१. आम्दानीः
दरियागञ्जमा सानो रेष्टुरेन्ट खोलेर ब्यापार थाल्न खोजेका शाहरुख असफल भएका
थिए । धेरैलाई अनौठो लाग्न सक्छ शाहरुख खानको शुरुको तलव ५० रुपैयाँ मात्र
थियो । पंकज उदासको दिल्लीमा हुने कन्सर्टमा सहयोगीको काम गरेर शाहरुखले
५० रुपैयाँ कमाउँथे । 'कभि हाँ कभि ना' भन्ने चलचित्रबाट शाहरुखले केवल २५
हजार मात्र कमाएका थिए । चलचित्र रिलिज हुने दिन सम्म पनि शाहरुख फिल्मको
टिकट बेच्दै थिए किन भने बाबु आमा ऋणमा डुवेर मरेको देखेका शाहरुख गरिवी
देखि डराउँथे ।
२. सम्बन्धः
अभिनेता विवेक बोस्वानी बलिउडमा शाहरुख खानका शिक्षक मानिन्छन् ।
शुरुवाती कालमा शाहरुख खानको मुम्बइमा बस्ने स्थान थिएन त्यसैकारण विवेककै
घरमा बस्थे । विवेकले नै शाहरुखलाई यस चोपरा क्लवमा भित्र्याएका थिए ।
विवेकले कैयौं पटक शाहरुखलाई घरबाट निकाल्न चाहे पनि नसकेको बताउँछन् । तर
विवेकले आफूले शाहरुखलाई गरेको सहयोग एउटा साथीले गर्ने सामान्य सहयोग भएको
बताउँछन् ।
३. फेसनः
फेसनको सवालमा शाहरुख निक्कै छनौट गर्ने स्वभावका छन् । खासमा शाहरुखलाई
कालो ड्रेस सबैभन्दा बढी मन पर्छ । नुहाएर जिन्स लगाइसकेपछि सुत्ने बेला
सम्म नखोल्ने उनको बानी छ । स्लिपर कहिले नलगाउने शाहरुखले जुता मोजा भने
हरदम लगाउँछन् । सुत्दा लगाउने पाइजामा पनि सिनित्त आइरन गरेर मात्र
लगाउँछन् किन भने सपनामा जोसुकैसँग पनि भेट हुन सक्छ ।
४. रुढीवादः
नम्बरको विषयमा शाहरुख रुढीबादी छन् । उनले आफ्ना सबै कार ५५५ नम्बरमा
दर्ता गरेका छन् । उनका फोन नम्बरमा त ५५५ थपिएको छ नै ब्यक्तिगत इमेलमा
पनि ५५५ नम्बर जोडिएकै छ ।
५. भिलेनबाट हिरोः
शाहरुख शूरुवाती चलचित्रमा हिरो भन्द पनि भिलेन खेलेर चर्चामा आएका थिए ।
बाजिगरमा एक महिलालाई हत्या गरेको दृष्यपछि उनलाई धेरैले अव हिरो बन्न
नसक्ने बताएका थिए । तर उनी कालान्तरमा साँच्चिकै सुपर हिरो बनेर स्थापित
भए ।
Post a Comment