news and more entertainment

स्तनको आकारबाट खुशी हुँदैनन् युवती, किन्छन् ठूलो ब्रा


काठमाडौं । हालैमा गरिएको एक  सर्वेक्षणका अनुसार ७४ प्रतिशत पुरुषहरु जब कुनै महिलालाई देख्छन् त तब उनीहरुको पहिलो नजर महिलाको अनुहारमा जान्छ । त्यसपछि महिलाको गर्दनमा अनि महिलाको स्तन (वक्षस्थल)मा पुरुषको नजर जान्छ ।

महिलाको वक्षस्थल, स्तन क्यान्सर लगायतसँग सम्बन्धित केही महत्वपूर्ण र रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ, जुन विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षण, स्वास्थ्य संगठनको रिपोर्ट, चिकित्सकको सल्लाह लगायतमा आधारित छ । 

ठूलो ‘ब्रा’ किन्छन् महिलाः ‘लिंगेरी रिटेलर इन्टीमेन्सी’द्वारा गरिएको एक सर्वेक्षणका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो स्तनको आकार भन्दा एक वा दुई इन्च ठूलो ब्रा पहिरिन्छन् । त्यस्तै अर्को एक सर्वेक्षणका अनुसार ८५ प्रतिशत महिलाहरु गलत आकारको ब्रा पहिरिन्छन् । 
स्तनको आकारबाट असन्तुष्टः इन्टरनेशनल जर्नल अफ सेक्सुअल हेल्थको सर्वेक्षणका अनुसार ७० प्रतिशत युवतीहरु आफ्नो स्तनको आकारबाट खुशी हुँदैनन् । 

यौन उत्तेजनाको माध्यम : वर्ष सन् २००६ मा गरिएको एक सर्वेक्षणका अनुसार ८२ प्रतिशत युवतीहरुले वक्षस्थलको स्पर्शको आधारमा नै आफूहरु यौन सम्बन्धका लागि उत्तेजित हुने गरेको बताएका थिए । दौडिंडा पीडा बेलायतको एक रिपोर्टका अनुसार ज्यादातर महिला एथ्लेटिक्सलाई स्तनमा अकसर पीडाको समस्या देखिन्छ । 

विश्वको सबैभन्दा ठूलो वक्षस्थल : गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार विश्वको सबैभन्दा ठूलो वक्षस्थल भएकी महिलाको स्तनको आकार ७० इन्च रहेको छ ।
 आत्महत्याको खतरा : क्यानडाको लवाल युनिभर्सिटीद्वारा गरिएको एक अध्ययनका अनुसार स्तन शल्यक्रिया (ब्रेस्ट इम्प्लान्ट) गराउने महिलामा आत्महत्या गर्ने खतरा ७३ प्रतिशत ज्यादा हुन्छ !
बायाँ स्तन ठूलो : वैज्ञानिक रुपमा पनि यो कुरा प्रमाणित भइसकेको छ कि अधिकांश महिलाको बायाँ स्तन दायाँ स्तनको तुलनामा केही ठूलो हुन्छ । 

क्यान्सरको औषधि : यस्तो क्यान्सर, जसमा पुरुषलाई ‘एस्ट्रोजन’को आवश्यकता हुन्छ, उनीहरुका लागि स्तनपान बरदान सावित हुन सक्छ । त्यस्तै त्यस्ता पुरुषलाई स्तनपान गर्न सल्लाह दिने गरिन्छ । बालबालिकालाई रोगबाट बचाउँछ । विश्व स्वास्थ्य संगठनले पनि कम से कम एक वर्षसम्म शिशुलाई आमाको दूध सेवन गराउन सुझाव दिंदै आएको छ । स्तनपानले  पोषकतत्व  मात्रै प्रदान गर्दैन, यसले शिशुको प्रतिरोधात्मक क्षमतलाई पनि मजबुत बनाउँछ, रोगसँग लड्ने तागत प्रदान गर्छ । 

गलत धारणा: सामान्य रुपमा मानिसमा यो धारणा छ कि जुन महिलाको स्तन सानो हुन्छ उनीहरुको शिशुलाई आमाको दूध कम प्राप्त हुने गर्छ र ठूलो स्तन भएकी महिलामा ज्यादा दूध बन्ने गर्छ । तर, यो धारणा पूर्ण रुपमा गलत हो । 

घट्ने–बढ्ने हुन्छ स्तन : अमेरिकाको येल युनिभर्सिटीमा भएको एक अध्ययनका अनुसार महिलाको स्तनको आकार हरेक घण्टा घटबढ भइरहन्छ, कहिले–काँही मिनेट–मिनेटमा पनि यस्तो हुन्छ । तर यस्तो परिवर्तन यति सानो हुन्छ कि महशुस नै हुँदैन । 

धनी, गरिब र स्तन : एक चर्चित अन्तर्राष्ट्रिय पत्रिका ‘साइकोलोजी टुडे’द्वारा गरिएको एक सर्वेक्षणमा पाइयो कि गरिब पुरुषलाई ठूलो स्तन ज्यादा मन पर्छ भने ज्यादातर धनी पुरुष सानो आकारको स्तन रुचाउँछन् वा सानो आकारको स्तनमा उनीहरुको आकर्षण हुन्छ ।

 ठूलो स्तनमा आकर्षण : साइकोलोजी टुडेको अध्ययनका अनुसार जो पुरुष पिता बन्न रुची गर्दैनन्, उनीहरु ठूलो आकारको स्तनमा आकर्षित हुन्छन् । 

सहरी महिलामा स्तन क्यान्सरको खतरा बढी : विश्व स्वास्थ्य संगठनको रिपोर्टका अनुसार ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी क्षेत्रका  महिलामा स्तन क्यान्सर हुने खतरा बढी हुन्छ ।


४० पछि स्तन क्यान्सरको खतरा ज्यादा : महिलामा स्तन क्यान्सरको खतरा ४० वर्षको उमेरपछि बढेर जान्छ । अहिलेसम्मको स्तन क्यान्सरको रिपोर्टमा ९० प्रतिशत महिलाहरुमा ४० भन्दा बढीको उमेरमा स्तन क्यान्सर भएको पाइएको छ । स्रोत :एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget