झट्ट हेर्दा सामान्य देखिएपनि मुखको दुर्गन्धले धेरै मानिसलाई सताईरहेको
हुन्छ । यहीकारण साथीभाईबीच मात्र नभई पति पत्नीबीच पनि दूरी उत्पन्न हुन
सक्छन्, मानिसलाई लाजमर्नु बनाउछ मुखको दुर्गन्धले ।
मानिस जतिसुकै सुटेडबुटेड देखिएपनि मुख गन्हाउने भन्ने बित्तिकै उसको
व्यक्तित्व निकै तल्लोस्तरमा पुग्न सक्छ । खासै गम्भीर नभएपनि मुख गन्हाउने
समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन् । तर,
यसबाट सजिलै छुट्कारा पाउन सकिन्छ । पाचन क्रिया सही नभएपछि मुखबाट
दुर्गन्ध आउछ । वा
स्तवमा हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट
दुर्गन्ध आउन थाल्छ । यसका साथै कब्जियत, पेटमा घाउ, रक्सी सेवन, दाँत तथा
गिजाको समस्या भएकाहरुमा मुख गन्हाउने समस्या हुन्छ । मुखको दुर्गन्धको
समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा
राख्नुपर्छ । दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण
गराउनुपर्छ । एन्टीब्याक्टेरियल तत्व हुने भएकाले ग्रीन टीले पनि मुख
गन्हाउने समस्या कम गर्छ ।
यस्तै, चुरोट सेवन गर्ने मानिसमा पनि मुख गन्हाउने समस्या हुन्छ । यस्तो
मानिसले बढी पानी पिउनुपर्छ । मिन्टवाला चुइङगम चपाउन पनि सकिन्छ । तर,
चुईङगम सुगरफ्री भए राम्रो हुन्छ । केही घरेलु उपाय अनारको बोक्रा पानीमा
उमालेर कुल्ला गर्नाले, सुख्खा धनिया चपाउनाले, तोरीको तेलमा अलिकता नुन
मिसार दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ ।
यस्तै, तुलसीको चार–पाँच वटा पात दिनहु खाएर पानी पिउनाले, एउटा ल्वाङ
मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनालेपनि खाना पच्ने
र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ । यति गर्दा पनि दुर्गन्ध हट्दैन
भने एकपटक चिकित्सकको सल्लाह लिनुपर्छ ।
Post a Comment