news and more entertainment

'बेबी डल' पछि हेट स्टोरीमा 'पिंक लिप्स'

एजेन्सी । पोर्न चलचत्रिबाट बलिउड अभिनयमा प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनले फेरी आइटम धमाका दिने भएकी छिन् । गतवर्ष प्रदर्शित चलचित्र 'रागिनी एमएमएस २' को 'बेबी डल' गीतमार्फत दर्शक लोभ्याउन सफल सन्नीले पुन आइटममार्फत दर्शक लोभ्याउने भएकी छिन् ।

सन्नीले विशाल पाण्डेको प्रदर्शनको तयारीमा रहेको चलचित्र 'हेट स्टोरी २' को आइटम नम्बर गर्ने निश्चित भएको छ । 'पिंक लिप्स' बोलको उक्त आइटम गीतमा सन्नीले आफ्नो भरपूर जवानी पोख्ने निर्माण पषले जनाएका छन् । गीतले दर्शकलाई अहिलेसम्मकै फरक स्वाद दिने दाबीसमेत गरिएको छ ।

गीतको संगीत मीत ब्रदर्शले तयार पारेका छन् । य महिनाको अन्त्यमा सन्नीको आइटम छायाँकन हुने भएको छ । चलचित्र हेट स्टोरी २ को रिलिज जुलाई १८ का लागि तोकिएको छ । चलचित्र सार्वजनिक टेलरका कारण नै अहिले चर्चामा छ । सन्नीको आइटम समेटीएपछि चलचत्रिले चर्चा र व्यवसाय दुवै गर्ने निर्माण पक्षको दावी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget