प्रयोग गरेपछि झिकेर फाल्नु नपर्ने कन्डम वैज्ञानिकहरुले बनाएका छन् ।
यस्तो कन्डम प्रयोग भएपछि शरीरमै घुलेर बिलाउने हुन्छ । अन्य कन्डम
यौनसम्पर्कपछि झिकेर फाल्न झन्झटिलो भएकाले वैज्ञानिकले यस किसिमको फिमेल
कन्डमको विकास गरेका हुन् ।
वैज्ञानिकका अनुसार घुलनशील मात्र नभएर यौनिक रोगहरुबाट बचाउन पनि यो
लाभदायक छ । यसको प्रयोगले वीर्य पाठेघरतिर जानबाट त रोकिन्छ नै, यसका
अतिरिक्त एचआईभी ड्रग्स र हर्मोनल कन्ट्रासेप्टिब्स पनि शरीरमा प्रवाह गर्छ
। यसले गर्दा गर्भ नरहने, एचआईभीबाट बचिने, विनाझन्झट यौन आनन्द लिन सकिने
भएको छ । युनिभर्सिटी अफ वासिङ्टनका शोधकर्ताकहरुले मिहिन
माइक्रोफाइबर्सबाट इलेक्ट्रोस्पिनिङ प्रोसेसबाट यो कन्डम बनाएका छन् ।
कपडाको रेसाजस्तो यो फाइबरलाई मिहिन जालोमा परिणत गरिएको हुन्छ । यो कन्डम
प्रयोग गरेर यौनकार्य सकिएको केही मिनेटमै शरीरमा घुल्छ । यो खोज पूरा गर्न
१ मिलियन डलर खर्च भएको छ । वासिङ्टन युनिभर्सिटीका बायोइन्जिनियरिङ
प्राध्यापक किम वुडरोले एचआईभी इन्फेक्सन र अनिश्चित गर्भधारणबाट बच्न यस
किसिमको कन्डम तयार गर्ने आफ्नो सपना पहिलेदेखिकै भएको बताएका छन् ।
Post a Comment