यौन शिक्षा
स्पर्श र यौन
स्पर्श र यौन
हाम्रा इन्द्रियहरूमा दृष्टि, श्रवण, घ्राण (सुँघ्ने), स्वाद अनि स्पर्शलाई प्रमुख मानिए पनि स्पर्श अलि ओझेलमा परेको पाइन्छ । स्वस्थ मानव विकासको लागि यसको निकै महत्त्व हुन्छ । स्वस्थ विकास, सञ्चार, आपसी सम्बन्धको प्रगाढता, आत्मीयता, उपचार गर्ने, निर्को पार्ने, दु:ख–पीडा शान्त पार्नेजस्ता कतिपय कुरामा यसको आवश्यकता हुन्छ ।
असल स्पर्शले कर्टिसोल वा एड्रेनालिनजस्ता स्ट्रेस हर्मोनको उत्सर्जनलाई कम गर्न मद्दत गर्छ भने सेरेटोनिन, डोपामिनजस्ता तनाव कम गराउने हर्मोनको उत्सर्जनलाई सघाउँछ । स्पर्श पर्याप्त मात्रामा पाएका व्यक्तिमा निराशापन पनि कम हुने गर्छ । यस अर्थमा स्पर्श वास्तवमा एक असल औषधि हो । यस्ता कुराले रोगप्रतिरोध शक्तिलाई बढाउँछ । स्पर्श भावनात्मक, शारीरिक, मानसिक विकासको लागि अति नै महत्त्वपूर्ण छ । पर्याप्त स्पर्श नभएमा बौद्धिक विकासमा पनि नकारात्मक असर पर्छ । शिशुकालदेखि नै स्पर्शको आवश्यकता पूरा नभएका व्यक्तिमा पछि गएर असामान्य व्यहोराको विकास भएको देखिन्छ ।
आधुनिक चिकित्सा तथा परम्परागत उपचार विधिमा परीक्षण तथा सही निदानको लागि सहयोगी मात्र होइन, स्पर्शको प्रयोग अपरिहार्य देखिन्छ । यसले तनाव कम गर्न, चिन्ता कम गर्न, निराशापन कम गर्न पनि सहयोग गर्छ । सामजिक रूपमा स्वीकार्य स्पर्श बिरामी र स्वास्थकर्मीको बीचमा स्वीकार्य भए पनि उपचारमा संलग्न व्यक्ति र बिरामीबीचमा यौनस्पर्श (यौनको दृष्टिकोणले गरिने स्पर्शदेखि यौनसम्पर्कसम्म)चाहिँ अनैतिक र अस्वीकार्य मानिन्छ ।
मानव यौनका सन्दर्भमा स्पर्श
समुदायको चलनअनुसार कोसँग कस्तो प्रकारको स्पर्श स्वीकार्य हुन्छ भन्ने कुरा फरक पर्छ । केही परिस्थितिलाई छोडेर धेरैजसो स्थितिमा पुरुष र महिलाको स्पर्शलाई यौनको दृष्टिकोणले हेरिन्छ । पति–पत्नीको स्पर्शलाई त स्वाभाविक रूपमा यौनसँग सम्बन्धित मान्न सकिन्छ । माता–पिता तथा उनीहरूका सन्तानहरूका बीचको स्पर्शलाई छोडेर परिवारभित्रै पनि अन्य पुरुष तथा महिलाको स्पर्शलाई वर्जित गरिएको हुन्छ । यौनको दृष्टिकोणले हेरिने भएकोले यस्तो हुने गरेको हो ।
स्नेहयुक्त स्पर्श कुनै पनि उमेरका व्यक्तिको लागि महत्त्वपूर्ण हुन्छ । किशोरावस्थामा स्पर्शको खाँचाको परिपूर्ति मातापिताभन्दा साथीभाइबाट गर्छन् । तर कतिपय परिवार, समाजमा स्पर्श गर्न नदिने प्रचलन प्रशस्त पाइन्छ । विशेष गरेर किशोरावस्थामा मानसिक रूपमा विकास हुने क्रम सुरु भएपछि नछुनु र कसैलाई छुन पनि नदिनु भन्ने सन्देश प्रभावकारीरूपमा दिने गरिन्छ । यसको कारण उनीहरू यौनक्रियाकलापमा संलग्न हुन्छन् कि भन्ने भय रहेको देखिन्छ ।
बाल्यकालदेखि नै राम्रो स्पर्श नपाएका व्यक्तिले वयष्क भए पनि अरू व्यक्तिसँग स्वस्थ सम्बन्ध बनाउन र बनाइराख्न नसक्ने देखिएको छ । मस्तिष्कको स्वस्थ विकासका लागि स्पर्श आवश्यक छ । कतिपय व्यक्तिले व्यक्ति–व्यक्तिबीचको स्पर्शलाई यौनको दृष्टिकोले हेर्ने गरेको पाइन्छ ।
स्पर्शको अभावले कतिपयमा अतिसंवेदनशीलता ९ज्थउभचकभलकष्तष्तखष्तथ० निम्त्याएको पाइन्छ । यसले स्पर्शलाई प्रत्यक्ष यौनतिर डोर्याउने सम्भावना हुन्छ । अहिले केही परिवर्तन भए पनि नेपाली समाजमा पनि यौनसम्पर्कलाई जनाउन शारीरिक सम्पर्क भन्ने शब्दको प्रयोग गरिन्छ । यो शारीरिक सम्पर्क भनेको नै यौनसम्पर्कको एक प्रतिविम्ब हो ।
अहिले दम्पतीबीचका कतिपय यौनसमस्याहरू प्राविधिक ९त्भअजलययिनथ० हिसाबले विकसित तर मानवस्पर्श कम भएका समाजमा देखिएका छन् । अर्को व्यक्तिसँगको स्पर्श अभावको परिपूर्ति एक हदसम्म यस्ता समाजका व्यक्तिले पाल्तु जनावरको माध्यमबाट प्राप्त गर्ने प्रचलन बढ्दोरूपमा रहेको पाइन्छ ।
यौनसम्पर्कको दौरानमा चरमसुख पाएपछि पनि अ·ालोमा बाँधिएर बस्नुको सट्टा अर्कोतिर फर्केर सुत्ने दम्पती पनि थुपै्र भेटिन्छन् । यो स्पर्शलाई निरन्तरता दिन नसकेको लक्षण हो । महिलाको भन्दा यस्तो स्थिति पुरुषमा बढी देखिन्छ । एकातिर यौनसम्पर्क र चरमसुख प्राप्त गर्ने उत्कट इच्छा भए पनि अर्कोतिर स्पर्शलाई निरन्तर दिन नसक्ने स्थिति हुन्छ ।
आवश्यकता असल स्पर्शको
स्पर्श थुप्रै किसिमका हुन सक्छन् । तर अहिले यौन तथा शारीरिक शोषण (बालबालिका तथा किशोरकिशोरीमा यौनशोषण हुने परिप्रेक्ष्यमा) नहोस् भनेर असल तथा खराब गरी वर्गीकरण गर्ने गरिएको पाइन्छ । सुखानुभूति दिने स्पर्श असल स्पर्श हो । स्याबासी, धाप मार्नु, मालिस गर्नु, अ·ालो हाल्नु, चुम्बन गर्नु, सुम्सुम्याउनु असल स्पर्शका उदाहरण हुन् भने पीडादायी स्पर्श नै खराब स्पर्श हो । पिट्नु, झापड वा लात हान्नु खराब स्पर्शका उदाहरण हुन् । यौनशोषण त्यसमा पनि बलात्कार सबैभन्दा निकृष्ट किसिमको स्पर्श हो । बालबालिका तथा किशोरकिशोरीलाई यौनशोषण वा दुराचारबाट बचाउन स्पर्श वर्जित क्षेत्र भनेर तोकिएको हुन्छ । केटाको लागि यौना· (लि·, अण्डकोष), गुदद्वार तथा त्यसवरिपरिका क्षेत्र र केटीको लागि यौना· (योनि, भगक्षेत्र), गुदद्वार अनि त्यसवरिको क्षेत्र छाती (स्तन) को स्पर्श वर्जित क्षेत्र मानिन्छ । यस क्षेत्रको स्पर्श नकारात्मक मानिन्छ । स्वास्थ सेवा वा सरसफाइ सन्दर्भमा भएको स्पर्श मात्र स्वीकार्य मानिन्छ ।
कतिपय स्थितिमा यी दुवैका बीचमा फरक छुटयाउन गाह्रो हुन सक्छ । ममतामयी स्पर्शमा पनि कतै यौनदुराचार हो कि भन्ने भयको प्रवेश भएको पाइन्छ । असल नै लाग्ने स्पर्श पनि परिस्थितिअनुसार खराब हुन सक्छ । उदाहरणको लागि कुनै वयष्कले कुनै केटाकेटीलाई काउकुती लगाउनु स्वस्थ स्पर्श नै हुन सक्छ तर धेरै लामो समयसम्म भएमा, कडा किसिमको, असजिलो लाग्ने, रुनै पर्ने, सासै लिन पनि असजिलो हुने भएपछि त्यसलाई खराब स्पर्शको रूपमा लिनुपर्छ ।
यौनसंवेदनशील अ·हरू
हाम्रा अ·हरूमध्ये कतिपय विशेषरूपमा यौनसंवेदनशील हुन्छन् । स्पर्श गर्दा यौनउत्तेजना हुन्छ भने शरीरका यस्ता भाग वा अ·लाई यौनसंवेदशील अ· भनिन्छ । कुनै अ·बाट हल्का किसिमको यौनउत्तेजना प्राप्त हुन्छ भने कुनै अ·बाट तीव्र किसिमको हुन्छ । आँखाका परेला, आँखीभुईं, कनपट्टी, कुम, हत्केला, कपालजस्ता अ·को कोमल स्पर्शले हल्का किसिमको यौनउत्तेजना पैदा गर्छ । यौना· त्यसमा पनि पुरुषमा अग्रचर्म टाँसिएको भाग, लि·मुण्डको घेरा (अयचयलब) अनि महिलामा भगाड्ढुर, भगक्षेत्र गुदद्वारवरिपरिको भाग अति नै यौनसंवेदनशील हुन्छन् । ऋषि वात्सायनले आÇनो प्रसिद्ध ग्रन्थ कामसूत्रमा विविध प्रसंगमा विभिन्न किसिमका स्पर्शलाई विविध पक्षहरूमा समेटेर चर्चा गरेका छन् ।
भगाङ्कुर : महिला शरीरमा भएको यो अ· नै शायद सबैभन्दा महत्त्वपूर्ण यौनअ· हो । यो अति नै यौनसंवेदनशील हुन्छ ।
योनि : यस योनिमार्गको बाहिरी एकतिहाइ भाग अति नै यौनसंवेदनशील हुन्छ । कतिपयको यौनसुखमा सहयोग गर्ने ९न्(कउयत० पनि योनिको अघिल्तिरको भित्तातिर हुने विश्वास गरिन्छ ।
स्तन : महिलाको स्तन शारीरिक तथा मानसिक सुखको स्रोत हो । प्राय: सबैजसो समाजमा स्तनलाई महिलाको आकर्षणको एक प्रमुख कुरा मान्ने गरिन्छ । विशेष गरेर स्तनको मुन्टो निकै नै संवेदनशील हुन्छ र यौनउत्तेजनाको बेलामा यो उत्थित (कडा र केही उठ्ने) हुन्छ । महिलालाई मात्र यौनआनन्द दिने नभई पुरुषहरू पनि यसलाई देख्दा, स्पर्श गर्दा वा सुम्सुम्याउँदा विशेष गरी आनन्द प्राप्त गर्छन् । कतिपयले पुरुषको स्तनको यौनसंवेदनशीलतालाई ध्यान दिँदैनन् । पुरुषका स्तन विशेष गरेर मुन्टो निकै नै यौनसंवेदनशील हुने गर्छ ।
लिङ : पुरुषको लि· निकै यौनसंवेदशील हुन्छ । लि·मा पनि अग्रचर्म, त्यसमा पनि अग्रचर्म जोडिएको भाग निकै यौनसंवेदनशील हुन्छ । लि·मुण्ड, त्यसमा पनि त्यसको धेरा (ऋयचयलब) बढी यौनसंवेदनशील हुन्छ ।
अण्डकोष थैली : अण्डकोषलाई छोपेर राख्ने छालाको थैली, जसलाई अंग्रेजीमा क्अचयतगm भन्छौं पनि निकै यौनसंवेदनशील हुन्छ ।
पौरुष ग्रन्थि : बाहिरबाट नदेखिने र यसलाई सीधै स्पर्श गर्न नसकिने भए पनि पौरुषग्रन्थि यौनसंवेदनशील हुन्छ । मलाशय वा गुदद्वार र अण्डकोष थैलीबीचको भागमा दबाब दिएर यसलाई उत्तेजित गर्न सकिन्छ ।
मुख तथा अधर : अधर तथा जिब्रोलगायत सम्पूर्ण मुख नै एक यौनआनन्द प्रदान गर्न सक्ने अ· हो । त्यसैले नै चुम्बन यौनक्रियाकलापको एक अभिन्न अ·को रूपमा रहेको पाइन्छ । मुख तथा अधरको क्षेत्र यौनसंवेदनशील हुन्छ । गहिरो चुम्बन गरिँदा जिब्रोको प्रयोग हुन्छ ।
नितम्ब : पुरुष होस् वा महिला, नितम्ब वा पुट्ठा एक अर्को यौनआनन्द प्रदान गर्ने अ· हो । कतिपय समाजमा त नितम्बलाई पनि स्तनको जस्तै महिला यौनिकता वा आकर्षणको प्रतिक मान्ने पनि गरिन्छ ।
गुदद्वार : गुदद्वार तथा मलाशय (च्भअतगm) पनि अर्को यौनआनन्द दिने अ· हो । स्पर्शप्रति गुदद्वार एकदमै संवेदनशील हुने गर्छ । सबैको लागि नभए पनि कतिपय व्यक्तिले गुदामैथुनलाई यौनआनन्द पाउने प्रमुख स्रोतको रूपमा लिएको देखिन्छ ।
धेरै व्यक्तिहरूले यौन तथा प्रजनन अ·बाट मात्र यौनआनन्द पाइन्छ भन्ने सोच्छन् । तर यथार्थ यस्तो होइन र हाम्रो शरीरका अन्य भाग पनि यौनसंवेदनशील हुन्छन् र यौनआनन्द प्राप्त गर्नमा सहयोगी हुन सक्छन् ।
चर्म (छाला) : छाला हाम्रो शरीरमा भएको सबैभन्दा ठूलो इन्द्रिय हो । सामान्यतया हामीले यौनअ·को रूपमा लिने नगरे पनि हामीले पाउने धेरैजसो यौनसुख यही अ·बाट प्राप्त गरिरहेका हुन्छौं ।
यस्तै जाँघ, तिघ्राको भित्री भाग, पाखुराको भित्री भाग काखीको स्पर्श यौनसंवेदनशील हुन सक्छन् । त्यसै गरी गर्दन (धाँटी)को अग्र तथा पछिल्तिरको भाग यौनसंवेदनशील हुन सक्छ । कान त्यसमा पनि कानको लोतीको पछिल्तिरको भागको स्पर्श होस् वा पेट र नाभी क्षेत्रमा जिब्रो वा आंैलाको स्पर्श पनि यौनउत्तेजक हुन्छ । पिठयूँको तलतिरको भाग, यौनस्पर्शमा प्रयोग हुने औंला, आÇनै हत्केलाको हल्का स्पर्श पनि यौनउत्तेजक हुन्छ । खुट्टाका औंला, त्यसमा पनि पैतालाको हल्का स्पर्श निकै यौनउत्तेजनक हुन्छ ।
स्पर्श गर्ने तरिका विभिन्न किसिमका हुन सक्छन् । स्पर्शमा निकै विविधता छ । टाँसिएर बस्नु, अंगालो हाल्नुदेखि मालिस, हल्का स्पर्श, सुम्सुम्याइ, हल्का पिटाइ, दबाब, कोटयाउनु, कन्याउनु, हल्का टोक्नु, चाट्नु, चुस्नु, काउकुती लगाउनुजस्ता कुराले स्पर्शको विविधतालाई देखाउँछ । प्वाँख वा अन्य रेशमी कपडाको प्रयोगले यौनस्पर्शलाई अर्को तहसम्म लान मद्दत गर्छ । अचेल यही स्पर्शको तीव्रता बढाउन यौनप्रशाधनको प्रयोग पनि बढेको छ । स्मर्शले दम्पतीबीच राम्रो कुराकानी गर्न, एक–अर्कालाई राम्ररी बुझ्न, आपसी समझदारी बढाउन पनि मद्दत गर्छ । व्यक्तिलाई चेतनरूपमा थाहै नहुन सक्छ तर हामीले निरन्तररूपमा आफूलाई बारम्बार छोइरहेका हुन्छौं । यौनको सन्दर्भमा पनि यो लागू हुन्छ ।
हामी एकातिर स्पर्शको अभावको कुरा गर्छौं भने अर्कोतिर दु:खपूर्ण वा पीडायुक्त स्पर्शको भयबाट ग्रसित पनि छौं । अहिले कतिपय समाजको चलनलाई हेर्ने हो भने हामी स्पर्शविरोधी हौं कि जस्तो लाग्छ । कतिपय स्पर्शलाई प्रत्यक्ष यौनसम्बन्धसँग जोडेर हेरिने भएको हुनाले यसमा कडा प्रतिबन्ध लगाएको पाइन्छ । समाजमा सुखमय स्पर्शभन्दा पनि पीडादायी स्पर्श बढी मात्रामा अनुभव गर्नुपर्ने स्थिति छ । यो स्थिति पुरुषको तुलनामा महिलामा बढी छ । मायालु तथा सुखमय स्पर्शसहित हुर्कन पाएका धेरैजसो बालबालिकामा वयष्क अवस्थामा स्वस्थ सम्बन्ध रहेको पाइन्छ । स्पर्श मानवजीवन र यौनजीवनको महत्त्वपूर्ण पाटो हो । यसलाई बेवास्ता गर्नुको सट्टा स्वस्थ र सुखमय स्पर्शमा जोड दिन आवश्यक छ । यसले सम्पूर्ण यौन तथा पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ ।
Post a Comment