news and more entertainment

बिकिनी लगाएको आरोपमा कुवेती महिलाबाट सन्तान खोसियो


(एजेन्सी) खाडी मुलुकमध्ये एक रहेको कतारमा पर्यटकहरुलाई ‘लेगिंगस्’ नलगाउन उर्दी जारी गरिरहेको बेला अन्य खाडी मुलुकहरुमा भने पहिरनमा अझै कडाई गर्न थालिएको छ ।
हालै मात्र कुवेतका एक महिलाले बिकिनी लगाएको आरोपमा आफ्नो सन्तानबाट टाढा बस्नुपरेको छ । आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरेर बसिरहेकी ती महिलाले अन्य देशमा जाँदा त्यहाँको समुद्रको तटमा बिकिनी लगाएकी थिइन् ।
उनका पूर्व पतिले सोही तस्विरलाई अदालतमा पेश गरेपछि त्यहाँको न्यायाधीसले उनी आफ्ना बालबालिकालाई स्याहार्न योग्य नभएको फैसला सुनाएको थियो ।
उनका पूर्व पतिका वकिल युसुफ हुसेनले स्थानीय अल राय पत्रिकासँग कुराकानी गर्दै ती महिलाको जीवनशैली उनको बालबालिकाको लागि उपयुक्त नभएको बताएका थिए ।
यसरी बिकिनी लगाए बापत उनले आफ्ना सन्तानबाट टाढा मात्र हुनुपरेको छैन, यसका लागि उनले सजाय पनि भोग्न सक्ने त्यहाँका वकिलहरु बताउँछन् ।
कुवेतमा बिकिनी लगाउनुलाई पनि नग्नता मानिन्छ । केही समयअघि त्यहाँका कानुन निर्माताहरुले बिकिनी लगाउनेलाई कारवाही गर्न सकिने कानुन ल्याउने प्रयास समेत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget